समानुपातिक मत कुन दलले कति पाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2022 | 09:35:29 AM मा प्रकाशित

laxmi  sunrise bank

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) को अग्रता कायमै रहेको छ।  गणना भएको १ करोड ३ लाख ९२ हजार ९३४ सदर मतमा एमालेले २७ लाख ७९ हजार ८६ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४८ हजार ४१ मत ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ। माओवादी केन्द्रले ११ लाख ६१ हजार ४०८ मत पाएको छ। यस्तै, ११ लाख २१ हजार १५५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८६ हजार २७ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ९३८ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी ३ लाख ९४ हजार ३६८ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) २ लाख ९४ हजार ८३ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी २ लाख ७१ हजार ६५८ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ लाख ६७ हजार २७८ मतसहित दशौँ स्थानमा छ। 

 यस्तो छ दलहुरुले  पाएको समानुपातिक मत 

 नेपाल कम्युनिष्ट पार्टी (एमाले) - २७,७९,०७६

नेपाली काँग्रेस - २६,४८,०४१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) -११,६१,४०८

राष्ट्रिय स्वतन्त्र पार्टी -११,२१,१५५

राष्ट्रिय प्रजातन्त्र पार्टी - ५,८६,०२७

जनता समाजवादी पार्टी, नेपाल -४,२०,९३८

जनमत पार्टी -३,९४,३६८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) -२,९४,०८३

नागरिक उन्मुक्ति पार्टी -२,७१,६५८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल -१,६७,२७८

नेपाल मजदुर किसान पार्टी - ७५,०४९

हाम्रो नेपाली पार्टी - ५५,६०१

मंगोल नेशनल अर्गनाइजेशन -४८,५१८

राष्ट्रिय जनमोर्चा - ४६,३५२

नेपाल संघीय समाजवादी पार्टी - ४१,८०६

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी) -३०,४१३

राष्ट्रिय जनमुक्ति पार्टी - २३,८९४

जनता प्रगतिशिल पार्टी, नेपाल - १८,०४८

नेपाल आमा पार्टी- १७,८३२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च -१७,७९७

बहुजन एकता पार्टी नेपाल -१७,०६४

नेपाली काँग्रेस (बी.पी.) -१२,४७४

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल -१२,२६३

नेपाली जनता दल - ९,९७०

बहुजन शक्ति पार्टी - ९,४३५

नेपालका लागि नेपाली पार्टी - ८,३९६

नेपाल कम्युनिष्ट पार्टी - ७,९९७

नेपाल लोकतान्त्रिक पार्टी - ७,६९२

नेपाल जनता पार्टी - ७,५०६

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) - ७,३७२

मितेरी पार्टी नेपाल - ७,०४२

जनजागरण पार्टी नेपाल -६,५३५

आमूल परिवर्तन मसिहा पार्टी नेपाल - ६,४०६

तराई मधेश लोकतान्त्रिक पार्टी - ५,९६७

जनसमाजवादी पार्टी, नेपाल - ५,८६६

सामाजिक एकता पार्टी - ५,७७९

पिछडावर्ग निषाद दलित जनजाति पार्टी - ५,१००

विवेकशील साझा पार्टी - ४,०३४

एकीकृत शक्ति नेपाल - ३,७५७

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी - ३,६९४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) - ३,४०३

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल - ३,३३०

मौलिक जरोकिलो पार्टी - ३,२१३

नेपाल समावेशी पार्टी -२,९५०

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन -२,१९१

राष्ट्रिय नागरिक पार्टी -२,१४१

नेश्‍नलिष्ट पिपल्स पार्टी - २,०१५

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved