एमालेकी सचिवलाई फराकिलो मतान्तरले हराउदै कांग्रेसका उपसभापति धनराज गुरुङ विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2022 | 09:26:11 AM मा प्रकाशित

laxmi  sunrise bank

देशैभर चर्चामा रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली काँग्रेसका उम्मेदवार  धनराज गुरूङ फराकिलो मतान्तर सहित निर्वाचित भएका छ्न्।

चापाकोटको बुथ क्यापचर काण्डका कारण १० दिन ढिलो मतगणना सुरू भएको यस क्षेत्रमा  गुरूङले ५ हजार ६ सय ६५ मतान्तरले एमालेकी उम्मेदवार पद्मा कुमारी अर्याललाई पराजित गरेका हुन्। 

एमालेका उम्मेदवार पदमा कुमारी अर्यालले २५हजार ८ सय ३९ मत प्राप्त गरेकी छ्न् भने निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरूङले ३१ हजार ४ सय ६६ मत प्राप्त गरेका छ्न्। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरूङ ८ हजार १ सय १३ मत सहित तेस्रो स्थानमा छ्न्।

यहाँ कुल ७० हजार १ सय ९१ मत खसेको थियो।सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्धिको वाचा सहित चुनावी मैदानमा होमिएका गुरूङले जीतेपनि बुथ कब्जा काण्डका कारण उनको एजेण्डा भने मतगणना अघि नै हारेको छ।

स्याङ्जा क्षेत्र नं २ मा फराकिलो मतान्तर सहित सबै सिट काँग्रेसले जितेको छ। २ क बाट एमालेका उम्मेदवार मोहन रेग्मीलाई पराजित गर्दै भोजराज अर्याल निर्वाचित भएका छ्न् भने ख मा एमालेका  डा. बुद्धिमान श्रेष्ठलाई पराजित गर्दै  महेश भट्टराई निर्वाचित भएका छ्न्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved