
नयाँ सरकार बनाउन अहिलेकै सत्ता
गठबन्धनलाई निरन्तरता दिएर पहल गर्ने निष्कर्ष गठबन्धनमा रहेका दलहरूले निकालेका
छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमवार बसेको गठबन्धन दलका शीर्ष नेताहरूको
बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस
सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल
दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष
माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाबाट एक नेतासहित अन्य नेताहरू पनि सामेल थिए
।
निर्वाचनपछि पहिलोपटक सत्तारूढ
गठबन्धनको बैठक बसेको हो । बैठकमा सहभागी एक नेताले भने, 'अहिलेकै अवस्थामा
गठबन्धन एक हुने निष्कर्ष आजको बैठकले निकालेको छ ।'
नयाँ सरकार गठनको पूर्वसन्ध्यामा
गठबन्धनबीच हेरफेर हुने विषयले चासो पाएको थियो । अहिलेको सत्तारूढ गठबन्धन तोड्न
नेकपा एमाले पनि लागिपरेको छ । एमाले र माओवादीका दोस्रो पुस्ताका नेताहरूले वाम
गठबन्धन बनाउने गरी अघि बढ्न प्रयास गरिरहेका छन् ।