दलहरुलाई समानुपातिकको उम्मेदवार ३ दिनभित्र पठाउन पत्राचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 07:20:52 PM मा प्रकाशित

laxmi  sunrise bank

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई आज पत्र पठाएको छ । दलहरूलाई जवाफ पठाउन तीन दिनको समय दिइएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र सातै वटा प्रदेशसभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसङ्ख्या, प्रतिशत र सिट सङ्ख्या निर्धारण गरी कम्तीमा एक तिहाइ महिला प्रतिनिधित्व हुने गरी सिफारिश गर्न पत्र पठाइएको हो । थ्रेस होल्ट कटाउने दलले समावेशी समूह मिलाएर बन्दसूचीमा रहेकामध्येबाट नाम सिफारिस गर्नुपर्नेछ ।

आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् । दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मङ्सिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सिट बाँडफाँट अनुसार समानुपातिकमा सबैभन्दा धेरै एमालेले सबै भन्दा धेरै सिट पाएको छ ।  प्रतिनिधिसभामा एमालेले ३४ सिट पाएको छ भने नेपाली कांग्रेसले ३२ सिट पाएको छ । त्यस्तै प्रदेशसभा तर्फ एमालेले प्रदेश १ मा १५, मधेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५, र सुदुरपश्चिममा ७ सिट गरि कुल ७० सिट पाएको छ 

त्यस्तै कांग्रेसले प्रदेश १ मा १२, मध्येमा ९, बागमतीमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०,  कर्णालीमा ५, सुदूरपश्चिममा ७ गरि कुल ६४ सिट पाएको छ । केन्द्र र प्रदेशमा गरि समानुपातिकमा एमालेले १०४ सिट पाएको छ भने कांग्रेसले ९६ सिट पाएको छ 

हेर्नुस् सूची: 

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्या

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved