गणतान्त्रिक नेपालको दोस्रो निर्वाचन २०७९ को नक्सामा आधारित निर्वाचन परिणाम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 09:50:28 AM मा प्रकाशित

laxmi  sunrise bank

कार्टोग्राफर रमण दाहाल

नेपाल सरकारले गत बि.सं.२०७९ बैसाख ३१ गते स्थानिय तहको निर्वाचन सम्पन्न गरी मंसिर ४ गते संघिय र प्रादेशिक निर्वाचन सम्पन्न गरेर निर्वाचन परिणाम सार्वजनिक गरिसकेको छ ।

निर्वाचनकै क्रममा गत मंसिर १ गते नक्सामा आधारित बि.सं.२०७४ को संघिय निर्वाचनको परिणाम तथा यस निर्वाचनको अनुमानित परिणाम पनि प्रस्तुत गरिएको थियो । यस निर्वाचनमा भएको घट्नाहरु र आफ्नो अनुमान सम्वन्धमा देशभर गरमागरम वहस भैरहेको छन् भने विभिन्न संचारमाध्यामले आफ्नो वौद्यिक क्षमताले भ्याएसम्मका प्रविधी प्रयोग गरी परिणाम सार्वजनिक गरिरहेका छन्। जनताले छिटो छरितो आफ्नो देशको निर्वाचन परिणाम थाहा पाउने नैसर्गिक अधिकारलाई पुरा गर्न नक्सामा आधारित निर्वाचन परिणाम तयार गरी प्रस्तुत गरिएको छ ।

गत मंसिर १ गते प्रकाशित निर्वाचन परिणामको पुर्वअनुमान यस प्रकार थियो ।


माथीको विवरण अनुसार नेकपा एमाले १ नं प्रदेशमा तिब्र प्रतिश्पर्धामा रहेको सबै सिट र सोलुखुम्बु, ताप्लेजुङ तथा इलाम १ समेत थप गरी १३ सिट, मधेश पदेशमा नेकपा माओवादी उठेको ठा“उ तथा तिब्र प्रतिश्पर्धा भएको ४ सिट थप गरी ९ सिट, लुम्वीनी प्रदेशमा तिब्र प्रतिश्पर्धामा रहेको सबै सिट समेत गरी ११ सिट, गण्डकी प्रदेशमा मुस्ताङ गुमायो भने तिब्र प्रतिश्पर्धामा रहेको ४ सिट समेत गरी ५ सिट, कर्णलीमा पुर्वअनुमान अनुसार ० सिट तथा सुदुरपस्चिममा माओवादी तर्फको २ स्थानमा विजयी भै जम्मा ४४ सिटमा विजयी भयो ।

ने.का.तर्फ देशभरबाट ४७ स्थान पुर्वअनुमान गरिएकोमा सबै स्थान मिलेको र वागमती प्रदेशको काठमाण्डौउपत्यका सहित तिब्र प्रतिश्पर्धा भएको ५ ठा“उ थप गरी १३ स्थान, गण्डकीमा मनाब र मुस्ताब पुर्वअनुमान भन्दा थप विजयी भै १० स्थान, लुम्वीनीमा १ स्थान गुमाए पनि कर्णली र सुदुरपस्चिमको बाजुरा थप गरी पुर्वअनुमान भन्दा १० स्थान बढीमा विजयी भएको छ । गठबन्धनमा सहभागी ने.का.का समर्थकहरुले आफ्नो मत स्वतन्त्र उम्मेदवार त था राप्रपा तर्फ उल्लेख्य मात्रमा दिएकोले पुर्वअनुमानमा देशभर २९ वटा नेकपा माओवादीको आंकलन गरिएतापनि मधेश प्रदेशमा एउटा सिट मात्र तथा सुदुर पस्चिममा पराजय भएको र अन्य क्षेत्रमा पुर्वअनुमान केहि मिलेको भै १८ स्थान विजयी भएकाले पुर्वअनुमानमा आंसिक गलत देखियो ।

नेकपा समाजवादी तर्फ १ नं प्रदेशमा पुर्व प्रधानमन्त्री पराजय र गण्डकी प्रदेशमा पराजय भएको, वागमती प्रदेशको १ सिट नमिलेपनी अन्य प्रदेशले पुर्ति गरेकोले १० स्थानमा विजयी भै पुर्वअनुमान आंसिक सहि देखिन्छ । जसपा तथा लोसपाको ३ र २ सिट बढेको, पुर्व उप प्र.म. तथा जसपा अध्यक्ष उपेन्द्र यादवको पराजय हुने उल्लेख भएअनुसार जनमत पार्टीको १ सिट आएको, नाउपाले थप २ सिट ल्याउन सफल भएको, स्वतन्त्र पनि थप २ ठा“उमा आएकोले पुर्वअनुमान आंसिक सहि देखिन्छ ।

राप्रपाको मक्वानपुर, नवलपरासी र जुम्ला सोचे भन्दा फरक परिणाम आयो । गत असारमा मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीमा युवाहरु उल्लेख्य झुकाव थियो तैपनि यो नया“ पार्टी भएको र विगतमा निर्वाचन परिणामको कुनैआधार नभएकोले यस्को पुर्वअनुमान गर्ने आधार नै भएन तैपनि अरु साना पार्टीहरु भन्दा यस्को गती तिब्र भएकोले उपत्यकाका केहि स्थान र चितवनको २ स्थान सोचिएको पनि ठिक परिणाम देखियो भने राष्ट्रिय दलमा स्थापित हुने पुर्वअनुमान पनि मिलेको देखिन्छ । माथी उल्लेखित निर्वाचन परिणामको पुर्वअनुमान गत बैसाख ३१ को स्थानिय निकायमा वडाअध्यक्षले पाएको मत परिणाम र २०७४को निर्वाचनको मतपरिणामलाई हिसाव गरेर हालको अवस्था तथा जनताको चाहानालाई आधारमानी सुत्रबद्ध गरिएको हिसावमा आधारित थियो र अधिकांश ठाउँमा मिल्यो पनि ।

२०७९ को चुनावको नक्सामा आधारित परिणाम तल हेर्न सकिन्छ । यस PDF फाइललाई छुट्टै ट्याबमा खोलेर जुम गरेर हेर्दा थप प्रष्ट देखिने छ । साथै डाउनलोड गरेर जुम गरेर हेर्दा विजयी उम्मेदवारको नाम सहित थप प्रष्ट देखिन्छ । साथै नक्सा मै विजेताको निर्वाचन चिन्ह समेत राखिएकोले अक्षर पढ्न नजान्नेले समेत सहजै कहाँ कसले जितेको छ भनेर थाहा पाउँन सक्ने छन् ।




नक्सामा आधारित निर्वाचन परिणामको अवधारणा

आधुनिक विश्व समुदायमा प्रविधीको विकासले छिटो छरितो धेरै विषयको जानकारी पाउन सकिन्छ । हाम्रो देशका जनताहरुले पनि आफ्नो प्रतिनिधी लगाएत देशभरबाट निर्वाचित प्रतिनिधीको बारेमा जानकारी पा“उन भन्ने उद्येस्यले नक्सामा आधारित निर्वाचन परिणामको अवधारणा अनुसार यो नक्सा प्रकासित गरिएको छ । नक्सा आफैमा धेरै जानकारी पाईने आधुनिक विधा हो जो केहि प्रविधिक जनसक्तीले मात्र बुझ्दछन भने हाम्रो देशका साशकहरुको नजरमा यो विषय प्राथामिक्तामा आजसम्म परेको छैन । निर्वाचन आयोगले निर्वाचन परिणाम ढिला गरी प्रकासित गर्दछ तर छिटोछरितो र प्रष्ट जनताले बुझ्ने गरी आजसम्म बनाएको देखिदैन ।

यो प्रविधी प्रयोग गर्न ईञ्जिनियरिब विधा अन्तर्गत सर्भेयरहरुलाई जि.आई.एस.तथा क्याड सफ्टवेयर आजभोली कामयावी भएका छन जो अरु विधाका उच्च सिक्षा हासिल गर्ने जनशक्तीले यस्को प्रयोग गर्न जान्दैनन्। नक्सा बनाउनु र नक्सा अध्ययन जान्नु फरक हो अब कमसेकम नक्सा अध्ययन सबै विधाका विद्यार्थीहरुलाई अनिवार्य गराउन सके समय सुहा“उदो जनशक्ती तयार हुनेथियो ।

यो नक्सा नापी विभागले प्रकासन गरेको नेपालको नक्सालाई क्याडमा डिजिटाईज गरी निर्वाचन क्षेत्र उल्लेख गरी सो क्षेत्रबाट निर्वाचित दलको चिन्ह सोहि ठा“उमा देखाईएको छ भने निर्वाचित माननियको नाम, प्रदेश सभामा निर्वाचित दलको विवरण तालिकामा देखाईएकोले यो नक्सा हेर्नासाथ धेरै जानकारी केहि मिनेट मा नै पाईन्छ जो अरु विधामा असम्भव छ । नक्सा अध्ययन गर्नेहरुको लागी कोणिक तथा लम्बाई नापको लागी माननाप, अंक्षास तथा देशान्तर रेखा, प्रदेश तथा जिल्लाहरुको सुत्रबद्ध विवरण राखेर भौगोलिक अवस्था बुझ्न सजिलो बनाईएको छ । देशलाई माया गर्ने जो कोहि महानुभावले यस्लाई अध्ययन गरी उपयुक्त सुझाव दिएमा आदरपुर्वक मनन्गरिनेछ तसर्थ यो नक्सा आफुले हेरी मनन्गरी उपयुक्त लागेमा आफ्ना केटाकेटी तथा साथीहरुलाई सेयर गरीदिन आग्रह गरिन्छ । निर्वाचनको क्रममा धेरैले पुर्वअनुमान गरे, सबैको मिल्न सक्दैन तथापी गत मंसिर १ गतेको बिजपाटीमा प्रकाशन गरिएको सामाग्री हेरी तुलना गर्न सबैमा अनुरोध छ ।

मंसिर १ गतेको बिजपाटीमा प्रकाशन गरिएको सामाग्री : गणतान्त्रिक नेपालको प्रथम निर्वाचनको नक्सामा आधारित परिणाम

 [ यो लेख र नक्सा कार्टोग्राफर रमण दाहालले तयार पारेका हुन् , लेखमा प्रस्तुत विचार लेखकका निजि विचार हुन् । : सम्पादक] 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved