को–को अटाए एमालेको समानुपातिक सांसदमा?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2022 | 05:20:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले समानुपातिकतर्फका ३४ सांसद चयन गरेको छ। शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो।एमालेले आदिवासी जनजातितर्फ पुरुष देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई छनोट भएका छन् भने महिला नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा चयन भएका छन्।

खसआर्यतर्फ पुरुष  रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही र महिलातर्फ मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल छनोट भएका छन्। यसैगरी थारुतर्फ आश्माकुमारी चौधरी र शान्ति चौधरी, दलितमा दलित ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा छनोट भएका छन्।

मधेशीमा गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया र मुस्लिममा सराज अहमद खान चयन भएका छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved