माओवादी केन्द्रको समानुपातिक सांसदमा को-को परे?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2022 | 07:54:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रले समानुपातिक सांसद चयन गर्दै यसको सुची निर्वाचन आयोगमा बुझाएको छ।  माओवादी केन्द्रले समानुपातिक सूचिको आदिवासी जनतजातितर्फ आयोगमा बुझाएको नाममा दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ छन्।

त्यस्तै खस आर्यतर्फबाट माओवादी केन्द्रले हितराज पाण्डे, ज्ञानु बस्ने सुवेदी, विमला सुवेदी र नारायणी शर्मालाई सांसद बनाएको छ। त्यस्तै, थारुतर्फ रूपा सोसी चौधरी सांसद बनेकी छन्। यस्तै दलितर्फ रणेन्द्र बराली र सुशिला श्रीपाली ठकुरी चयन भएका छन्।

मधेसीतर्फ भने मीना यादव र उमरावती देवी यादव सांसद बनाउने माओवादीको निर्णय छ। उमरावती नेपाल समाजवादी पार्टीको तर्फबाट समानुपातिक सूचीमा परेकी हुन्। 

यस्तै, मुस्लिमतर्फ कल्पना मियाँलाई चयन गरिएको छ। माओवादी केन्द्रले समानुपातिक तर्फ  १४ जना सांसद पाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved