मङ्सिर २६ देखि निर्वाचन आचारसंहिता लागु नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2022 | 05:13:05 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आचारसंहिता मङ्सिर २६ गतेदेखि लागू नरहने भएको छ प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि गत असोज १२ गते देखि निर्वाचन आयोगले आचार संहिता लागु गरेको थियो 


 निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम मिति २०७९/०६/१२ देखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता संवत् २०७९ साल मङ्सिर  २६  गतेदेखि लागू नरहने निर्णय निर्वाचन आयोगले गरेको हो ।

 प्रस्तुत निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved