देउवासँग चुनाव लडेका सागर ढकालको निर्वाचन खर्च ८ लाख ६७ हजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2022 | 02:27:22 PM मा प्रकाशित

laxmi  sunrise bank

डडेलधुरामा प्रतिनिधिसभाको निर्वाचन लडेका सागर ढकालले निर्वाचन खर्च बुझाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका निकटतम प्रतिस्पर्धी सागर ढकालले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आठ लाखभन्दा बढी खर्च गरेका हुन्।

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका ढकालको चुनावी खर्च आठ लाख ६७ हजार ९७८ रहेको उल्लेख छ। उक्त विवरण ढकालले आइतबार निर्वाचन आयोगमा समेत बुझाएका छन्। ढकालले सो रकम धेरैको सहयोगमा प्राप्त भएको बताएका छन्।

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गरेका थिए।  कुल ५१ हजार दुई सय तीन मतमा कांग्रेस सभापति देउवाले २५ हजार पाँच सय ३४ मत प्राप्त गरी  विजयी भएका थिए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका थिए । अर्का उम्मेदवार नेपाली कांग्रेस (विपी)का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved