रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2022 | 03:08:27 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछाने विरुद्द सर्वोच्च अदालतमा  रिट दायर भएको छ ।लामिछानेलाई प्रतिनिधिसभा सदस्यका रूपमा सपथ नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो।

युबराज पौडेलले बुधबार दायर गरेको रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ ।  संवैधानिक इजलासमा दायर भएको उक्त रिटमा लामिछानेले नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै उनको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ । रिटमा उनले संविधान र निर्बाचन ऐनको गम्भीर उल्लङ्घन गरेको उल्लेख गरिएको छ ।

लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी सांसद पदबाट मुक्त गर्न निर्वाचन आयोगको नाममा परमादेशको आदेश माग गरिएको छ । रिटमा राष्‍ट्रिय स्वतन्त्र पार्टी केन्द्रिय कार्यालय बसुन्धरा काठमाडौं , निर्वाचन आयोग कान्तिपथ काठमाडौं , राष्‍ट्रिय स्वतन्त्र पार्टीका सभापती रबि लामिछाने , जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौं / संघिय संसद प्रतिनिधी सभा सिंहदरबार काठमाडौंलाई विपक्षी बनाईएको छ 

यो रिटमाथि सुनुवाइका लागि पुस ६ गते संवैधानिक इजलासमा पेसी ताेकिएकाे छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved