बालुवाटारमा त्रिपक्षीय छलफल, प्रधानमन्त्री नपाए गठबन्धन छोड्ने प्रचण्डको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2022 | 12:16:01 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समयसीमा सकिनै लाग्दा सत्ता गठबन्धनमा रहेका दलहरूको छलफल र भेटघाट बाक्लिएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल चलिरहेको छ ।

गठबन्धनको बैठक रोकेर देउवा, प्रचण्ड र नेपाल त्रिपक्षीय छलफलमा सामेल भएका हुन् । यसअघि देउवा र प्रचण्डबीच वान टू वान वार्ता भएको थियो ।

बालुवाटार स्रोतका अनुसार पहिलो २ वर्ष प्रधानमन्त्री बन्न पाउनुपर्ने भन्दै प्रचण्ड आफ्नो अडानबाट ब्याक भएका छैनन् । उनले देउवालाई यदि पहिलो कार्यकाल आफू प्रधानमन्त्री बन्न नपाए गठबन्धन छोडेर प्रतिपक्षी बन्ने चेतावनी दिएका छन् ।

'अहिलेको गठबन्धन चुनावअघि कै निरन्तरता भएकाले आलोपालोको सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छ,' माओवादी केन्द्रका एक नेताले भने, 'त्यसो भएन भने हामी प्रतिपक्षी बन्छौं ।'

देउवाले भने राष्ट्रपति र प्रधानमन्त्री छोड्न नसकिने अडान राखेका छन् । देउवाका तर्फबाट आइतवार बिहान प्रचण्डनिवास खुमलटार पुगेका विमलेन्द्र निधिले प्रचण्डलाई देउवाको अडानबारे सुनाएका थिए ।

खुमलटारमा बसेको बैठकमा पनि दुई नेताबीच सहमति हुन सकेको छैन । यद्यपी पहिलो २ वर्ष र त्यसपछिको दुई वर्ष कांग्रेस र माओवादीले प्रधानमन्त्री लिने र अन्तिम १ वर्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने भद्र सहमति भने गठबन्धनमा रहेको स्रोतहरूले दाबी गरेका छन् ।

अहिलेसम्म पहिलो कार्यकाल को प्रधानमन्त्री बन्ने भन्नेमै छलफल चलिरहेको छ । साँझ ५ बजेसम्म कुनै सहमति नभए संविधानको धारा ७६ को उपधारा ३ अन्तर्गत सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुने प्रकृया अघि बढ्नेछ ।

त्यसो भएमा देउवा नै प्रधानमन्त्री बन्नेछन् । तर तीस दिनभित्र उनले विश्वासको मत लिनुपर्ने छ ।

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved