मलेसिया बन्दको प्रभाव: चाडपर्वको माहोलमा पनि घट्यो रेमिट्यान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 04:13:01 PM मा प्रकाशित

laxmi  sunrise bank

चाडपर्वको अवसरमा समेत नेपालमा रेमिट्यान्स घटेको छ। चाडपर्वको बेला अन्य समयमा भन्दा ४० प्रतिशत बढी भित्रिने गरेकोमा चारबर्षमा पहिलोपटक रेमिट्यान्स घटेको हो। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक बर्षको दोस्रो महिनाको प्रतिबेदनमा विप्रेशण आप्रवाहमा ०.३ प्रतिशतले कमी आएको उल्लेख छ। गत आर्थिक वर्षको यस अवधिमा रेमिट्यान्स ३३.४ प्रतिशतले बढेको थियो।  यस अवधिमा १ खर्ब ५३ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ।      

करिब बर्षदिन भन्दा लामो समय मलेसियाको रोजगारी बन्द हुँदा त्यसको प्रत्यक्ष असर रेमिट्यान्समा परेको देखिएको छ। मलेसियाको रोजगारी बिथोलिनु, होंड़ी तथा कालो अर्थतन्त्रले प्रशय पाउनु जस्ता कारणले रेमिट्यान्समा गिरावट आएको अनुमान गरिएको छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भने अन्तिम श्रम स्वीकृति लिएर वैदशीक रोजगारीमा जानेको संख्या वृद्धि भएको छ। लामो समय बन्द रहेको मलेसिया बन्द खुलेको कारण पनि वैदेशीक रोजगारीमा जानेको संख्या बढेको वैदेशीक रोजगार व्यवसायीहरु बताउँछन। 

भदौ मसान्तसम्ममा श्रम स्वीकृति लिएर वैदेशीक रोजगारीमा जाने नेपालीको संख्यामा ०.२ प्रतिशतले बढेको छ । पुनः श्रम स्वीकृति लिएर जानेको संख्या १०.३ प्रतिशतले बढेको छ। गत वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या ३९ प्रतिशत र पुनः श्रम स्वीति लिएर जानेको संख्या ९.८ प्रतिशतले घटेको थियो ।

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved