मौद्रिक नीतिबाट वैदेशिक रोजगार व्यवसायी निराश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2020 | 08:23:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा कोभिड–१९ को कारण क्षतविक्षत भएको वैदेशिक रोजगार क्षेत्रलाई कुनै सम्बोधन नभएको व्यवसायीले आरोप लगाएका छन् । बजट मार्फत व्यवसायीलाई सम्बोधन नभएपछि अर्थमन्त्रीलाई संस्थागत रुपमा मौखित एवं लिखित माग गरेका व्यवसायीहरु मौद्रिक नीतिमा समेत कुनै सम्बोधन नहुदा आफुहरु निराश भएको जनाएका छन् । 

वैदेशिक रोजगार व्यवसायी संघका निर्वतमान अध्यक्ष रोहन गुरुङ सरकारले रेमिट्यान्सको मात्र आश गरेर बेरोजगार युवालाई उपेक्षा गरेको बताउँछन् । सरकारले वैदेशिक रोजगार व्यवसायीलाई पटक–पकट हेपेको भन्दै उनले बेरोजगारी समस्या हल गर्नको लागि सामूहिक रुपमा एउटा निर्णय गरेर वारपार गर्न व्यवसायीलाई आग्रह गरेका छन् । 

“बार्षिक रुपमा ८ खर्बभन्दा बढी रेमिट्यान्स भित्र्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने व्यवसायीलाई सरकारले कुनै बिषयमा सम्बोधन गरेन्, सरकारलाई विदेश गएका युवाले पठाउने रेमिट्यान्स प्यारो भयो तर देशमा थुप्रियका बेरोजगार युवातिर ध्यान गएन्', उनले भने,'बार्षिक ४ लाख युवा विदेश गएको सरकारले देखेन ।” 

‘‘सरकारले हामी व्यवयासीले नेपाल राष्ट्रक बैंकमा धरौटीको रुपमा राखेको ४ खर्ब २७ करोड रुपैयाँको व्याज खायो, २ वर्षका लागि हामीले राखेको पैसाको व्याज दिन आग्रह गर्दा समेत कुनै सुनुवाइ भएन”, उनले भने । उनले सरकारले नेपाली युवाहरुलाई विदेश पठाउनकालागि मात्र लाइसन्स दिएको तर व्यवसायीको माग कहिलै सम्बोधन नगरेको समेत गुनासो गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved