कोरोनाको कारण देखाउदै प्रमुख प्रशासकीय अधिकृत नै निकालिए

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Jul 26, 2020 | 08:51:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्वतारोहण संघ (एनएमए) ले कोरोना भाइरस (कोभिड–१९) को कारण देखाउदैँ १९ वर्षदेखि कार्यरत स्थायी कर्मचारीलाई निष्कासन गरेको छ । संघको केन्द्रिय कार्यालय काठमाडौँ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा  कार्यरत २-२ गरी चारजना स्थायी कर्मचारीलाई निष्काशन गरिएको हो ।

संघले कोभिड १९ को कारण आम्दानी नभएको बहानामा लामो समयदेखि कार्यरत कर्मचारीलाई निस्कासित गरेको हो । कोभिडलाई देखाउदै बिना जानकारी स्थायी कर्मचारीलाई सेवाबाट निष्कासन गरेको संघले करारमा कार्यरत ८ जना कर्मचारीको भने करार अवधि थप गरेको छ ।

संघले काठमाडौँ कार्यालयमा १७ वर्षदेखि कार्यरत (प्रमुख प्रशासकीय अधिकृत) जिनेश सिन्दुराकार, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा १९ वर्षदेखि म्यूजियोलोजिष्टका रुपमा कार्यरत राजन जोशी तथा १५ वर्षदेखि कार्यरत प्रशासकिय अधिकृत ऋषिराम पौडेल र काठमाडौँ ५ वर्षदेखि सचिवालय अधिकृतको रुपमा कार्यरत समा श्रेष्ठलाई निष्कासन गरेको हो । स्थायीसगैँ काठमाडौँ कार्यालयमा करारमा कार्यरत एक कर्मचारीलाई समेत हटाइएको जनाइएको छ ।

संघको असार २ गते बसेको केन्द्रिय सचिवालय बैठकले कायैशौलीमा सुधार नगरेको भन्दै कारवाही सहित सेवाबाट निष्काशन गरेको जनाइएको छ । प्रमुख कार्यकारी अधिकृत सिन्दुराकारलाई कार्यसम्पादन तथा कार्यशौलीमा सुधार नगरेको भन्दै दुई पटक लिखित जवाफ माग गर्दा समेत उचित जवाफ नआएको भन्दै नसिहत (सेवाबाट निष्काशन गरिएको) दिएको एनएमएले जनाएको छ ।

संघका महासचिव कुलबहादुर गुरुङ कोरोनाले खर्च धान्नै मुस्किल भएर बाध्य भएर कर्मचारी कटौती गर्न बाध्य भएर हटाइएको बताउँछन् । संघको आम्दानी नै पिक प्रवद्र्धन हो, सिजनकै बेलमा बन्दाबन्दीले खर्च चलाउनै समस्या छ, प्रशासनिक खर्चमा मात्रै मासिक १८ देखि २० लाख सम्म खर्च हुन थालेपछि बाध्य भएर आवश्यक नभएका कर्मचारीलाई निकाल्न बाध्य भयौ', उनले भने, 'अवस्था सहज भयो भने हामी सबै कर्मचारीलाई पुन काममा फर्काउछौँ ।’

करारका लागि सेवा अबधि थप गरिएको तर लामो समयदेखि उच्च तहमा कार्यरत कर्मचारीलाई बिना जानकारी निष्कासन गरिएको भन्दै कर्मचारीहरु आन्दोलित बनेका छन् । यता संघका अधिकारीहरु भने आवश्यकताका आधारमा कर्मचारी राखिएको भन्दै अवस्था यतिकै भयो भने विस्तारै अन्य कर्मचारी समेत कटौती गर्दै जाने बताउँछन् ।

संघका अनुसार खर्च कम गर्न पोखरामा रहेका २० जना कर्मचारीलाई पालै पालो काममा राखिएको छ । त्यस्तै काठमाडौँमा कार्यरत कर्मचारीलाई आवश्यकता अुनसार काममा आउने गरी पोष्टअनुसार २० प्रतिशत सम्म तलब कटौती गरी काममा राखिएको संघले जनाएको छ ।

 बिना जानकारी हटाइयो: सिन्धुराकार

संघका प्रमुख प्रशासकिय अधिकृत जिनेश सिन्दुराकार संघले आफूहरुलाई जबरजस्र्ती निकालेको बताउँछन् । कोभिडलाई देखाउदैँ ब्यक्तिगत फाइदाका लागि आफूहरुलाई प्रयोग गरी सेवाबाट हटाइएको उनको आरोप छ । करारका कर्मचारीको करार अबधि थप गरियेक्पो तर १९ वर्षदेखि संस्थामा कार्यरत आफुहरुलाई बिना जानकारी अनेक आरोप लगाएर हटाएको उनले बताए  ।

२० वर्षदेखि संसोधनको तयारी भएको संघको ऐनलाई आधार बनाएर मौखिक रुपमा कुनै जानकारी नै नगराई सिधै लिखित जवाफ माग गरियो, मलाई जस्तो प्रश्न सोधियो मैले त्यही अनुसार जवाफ दिए', उनले भने, 'अध्यक्ष र महासचिवले कोही होइन जवाफ पठाउनु अरु हामी मिलाउछौँ भने तर बिना जानकारी निष्काशन गरिएको पत्र दिइयो ।’

उनले आफुलाई के कारणले नसिहत दिइयो सोध्दा समेत कुनै जानकारी नदिएको गुनासो गरेका छन् । जानकारी नै नदिई बिना कारण संघले निष्कासन गरेको चारै जना कर्मचारीले साउन ४ गते श्रम अदालतमा निवेदन समेत दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved