बेरोजगार हुनुहुन्छ ? अनलाइनबाटै यसरी खोज्नुस् चाहेकै काम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2020 | 07:00:28 PM मा प्रकाशित

laxmi  sunrise bank

 “अब देशमै छ रोजगारी” अभियान सार्वजनिक भएको छ ।   रोजगारी सर्भिस प्रा.लि. र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा अभियान सुरु भएको हो । अर्थ एवम संचारमन्त्री डा. युबराज खतिवडा अभियान सार्वजनिक गरेका हुन् । 

यस अभियानले कोरोना महामारीको कारण स्वदेश वा विदेशमा रोजगारी गुमेर बसेकालाई सिप अनुसारको रोजगारी दिने लक्ष्य राखेको छ ।  यसको लागि अभियानले रोजगारी नामको अनलाइन पोर्टल सुरु गरेको छ । वेबसाइटमा  गई आफुलाई पायक पर्ने स्थानमा आफुले चाहेको काम छनौट गर्न सकिने अभियानले जनाएको छ । 

त्यस्तै कुनै संस्थालाई कर्मचारी आवश्यक परेको भए पनि यहि मार्फत आवश्यक सिप अनुसारको व्यक्ति चयन गर्न सकिने ब्यबस्था गरिएको युकेएड सीपका टिम लिडर बलजीत बोहोराले जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved