३ म्यानपावर कम्पनीको सदस्यता खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 12:46:46 PM मा प्रकाशित

laxmi  sunrise bank

म्यानपावर व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ३ वटा म्यानपावर कम्पनीको सदस्यता खारेज गरेको छ । कतार पुलिसका लागि मागको पूर्व स्वीकृति बिना नै अन्तर्वाता लिएका ३ कम्पनीलाई संघको साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गरिएको हो । 

ति कम्पनीले मागको पूर्व स्वीकृति बिना नै अन्तर्वार्ता लिएको र सो कार्यले समग्र म्यानपावर व्यवसायीहरुलाई नै लज्जीत बनाएको भन्दै संघले साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गरेको हो । 

केही दिन अघि बसेको संघको बैठकले लाजिम्पाटमा रहेको होप इन्टरनेशनल प्रालि, धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.लीको साधारण सदस्यता खारेज गर्ने निर्णय भएको संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए । संघको निर्णय गरिसकेको तर कम्पनीलाई पत्र पठाउँन बाँकी रहेको उनले बताए । 

वैदेशिक राजेगार विभागले मंसिर ८ र ९ गते ती कम्पनीले गोप्य अन्तर्वाता लिएको सूचनाका आधारमा छापा मारेको थियो । विभागले गौरकानूनी काम गरेको भन्दै तीनै कम्पनीलाई ६ महिना निलम्बन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved