सामाजिक सुरक्षा योजनामा आवद्द श्रमिकले १ करोडसम्मको कर्जा पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 03:10:01 PM मा प्रकाशित

laxmi  sunrise bank

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ताले आफूले जम्मा गरेको रकम मध्येबाट कर्जा तथा सापटी पाउँने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा गत १० गते बुधबार बसेको मन्त्रिपरिषद् बैंठकले ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि–२०७७’ स्वीकृत गरेपछि कर्जा तथा सापटी पाउँने बाटो खुलेको हो । 

उक्त कार्यविधि अनुसार कोषमा आबद्ध भएका श्रमिक (योगदानकर्ता) ले  १ करोडसम्म कर्जा पाउँन सक्ने छन् । कोषका प्रवक्ता विवेक पन्थीका अनुसार कोषले योगदानकर्ताका लागि तीन किसिमका व्यक्तिगत कर्जा समेत उपलब्ध गराउने भएको छ । योगदानकर्ताले धितो राखेर शैक्षिक कर्जा, घर कर्जा तथा सामाजिक कार्यमा कर्जा पाउनेछन् । 

शैक्षिक कर्जा ३५ लाखसम्म,  घर कर्जा ७५ लाखसम्म र सामाजिक सांस्कृतिक कार्यको लागि ५ लाखसम्म धितोमा आधारित कर्जा लिन सकिने प्रवाता पन्थीले बताए । उनका अनुसार सामाजिक सांस्कृति कर्जाभित्र विवाह, ब्रतबन्ध जस्ता सामाजिक सांस्कृतिक कार्य पर्दछन् । 

उक्त कार्यविधि अनुसार कोषले विभिन्न १२ वटा क्षेत्रमा रकम लगानी गर्न सक्ने बाटो पनि खुलेको छ ।  कोषका प्रवक्ता विवेक पन्थीका अनुसार अब कोषले ऋणपत्र, दिर्घकालिन ऋण (मुद्धति खाता), शेयरमा लगानी, सह वित्तिकरण योजना, डिबेन्चर, म्युचुअल फन्ड लगायतमा लगानी गर्न सक्ने छ । यसैगरी सरकारी तथा संस्थागत रुपमा विभिन्न क्षेत्रमा लगानी तथा कोषले भवन तथा हाउजिङमा लगानी गरी बहालमा समेत दिनपाउने सुविधा उक्त कार्यविधिमा रहेको छ । 

 २०७५ साल मंसिर ११ गते सञ्चालनमा ल्याईएको कोषमा हाल १२ हजार ९३५ रोजगारदाताका १ लाख ८० हजार ५३१ जना योगदानकर्ता आबद्ध रहेका छन् । प्रवक्ता पन्थीका अनुसार हाल  कोषसँग योगदान रकमको ३ अर्ब २० करोड  र कल्याणकारी कोषको २६ अर्ब गरी कुल २९ अर्ब लगानी योग्य रकम रहेको छ ।

निजी क्षेत्रका श्रमिकले न्यूनतम (आधारभूत पारिश्रमिक) को ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशतले गरि ३१ प्रतिशत रकम कोषमा जम्मा गर्दै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved