भिजिट भिसामा कामदार पठाउन खोज्ने ३ म्यानपावरमा छापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 05:52:21 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभागले ३ म्यानपावर कम्पनीमा छापा मारेको छ । भिजिट भिसामा वैदेशिक रोजगारीका लागि श्रमिक पठाउन लागेको सूचनाका आधारमा विभागले स्काई अफ ड वल्र्ड म्यानपावर प्रा. लि., इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि. र सुर्खेत ओभरसिज प्रा. लि. मा छापा हानेको हो ।

स्काई अफ ड वल्र्ड म्यानपावर र सुर्खेत ओभरसिज प्रा. लि. मा शंस्कास्पद कागजपत्र भेटिएको विभागका एक अनुगमन अधिकृतले विजपाटीलाई जानकारी दिए । दुबै कार्यालयले भिजिट भिसामा नेपाली श्रमिक पठाउन पासपोर्ट स्क्यान गरेर राखेको भेटिएको उनले बताए । 

यसैगरी इम्पावर ह्युमनमा छापा मारेतापनि सूचनामा आएजस्तो गतिविधि नभेटिएको जनाईएको छ । 

विभागले सुर्खेत ओभरसिजमा शिलबन्दी गरेको छ भने स्काई अफ ड वल्र्ड म्यानपावरको ट्राभल्स एजेन्सीसमेत रहेकाले थप छानबिन भईरहेको जनाईएको छ । गत सोमबार र मंगलबार विभागले कतार पुलिसका लागि मागको पूर्व स्वीकृति बिनै अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीन वटा म्यानपावर कम्पनीमा छापा मारेको थियो । 

बिना स्वीकृति गोप्य रुपमा अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटमा रहेको होप इन्टरनेशनल प्रालि, धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा।लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.ली. लाई विभागले ६ महिना निलम्बन गरिएको जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved