भिजिट भिसामा विदेश जान रकम बुझाएकालाई सम्पर्कमा आउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2020 | 11:15:08 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभागले भिजिट भिसामा रोजगारीका लागि विदेश गएका, गएर अलपत्र परेका वा जान भनी पासपोर्ट सगैँ रकम बुझाएका व्यक्तिहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ । पछिल्लो समय भिजिट भिसामा जानेको संख्यामा बृद्धि भएको भन्दै विभागले एक सूचना प्रकाशन गर्दै सम्पर्कमा आउन अनुरोध गरेको हो । 

अवैधानिक रुपमा भिजिट भिसाबाट वैदेशिक रोजगारमा गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम बुझाएकाहरुलाई विभागले ३० दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो । विभागले यथेष्ट प्रमाण सहित वैदेशिक रोजगार विभाग, नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनसमेत अनुरोध गरेको छ । 

यसअघि भिजिट भिसामा नेपालीहरुलाई पठाउने गरेको सूचनाका आधारमा विभागले तीन म्यानपावर कम्पनीमा छापा मारेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved