अब अनलाइनबाटै श्रम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 04:28:49 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरुले अब अनलाइनबाटै श्रम स्वीकृति (रि इन्ट्री) सुविधा लिन पाउने भएका छन् । वैदेशिक रोजगारीका लागि जुनसुकै देशमा रहेका नेपालीहरुले अब उक्त सुविधा पाउने भएका हुन् । 

सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि श्रम स्वीकृति कै लागि नेपाल आउनुपर्ने बाध्यता हट्नेछ । वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट–वेमार्फत बीमा र वैदेशिक रोजगारी कल्याणकारी कोषको रकम तिर्न सकिने छ ।

विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट–वेसँग सम्झौता गरेको छ । आईएमई पे, ई–सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएको शुल्क भुक्तानी गरेपछि श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ ।

योसँगै विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने बाध्यता हट्ने वैदेशिक रोजगार विभागका प्रवक्ता टिकामणि न्यौपानेले बताए । श्रमिकले दुई पटकसम्म विदेशबाबाटै श्रम रि(इन्ट्रीको सुविधा पाउनेछन् ।

एकपटक श्रम स्वीकृति लिएकाहरुले संसारको जुनसुकै कुनामा बसेर श्रमको रि–इन्ट्री अनलाइनबाटै गर्न सक्नेछन्, भने नेपालमा नै रहेकाहरुले समेत वैदेशिक रोजगार कार्यालय ताहाचलमा जानु पर्ने बाध्यता हटेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएर आएपछि गोकर्ण बिष्टले यो व्यवस्था गर्न अग्रसारता देखाएका थिए । धेरै पटक विदशेबाटै रि–इन्ट्रीको सुविधा दिँदा कामदार स्वेदेश नै फर्किन नचाहने पनि हुन सक्ने भएकाले दुईपटक मात्रै यस्तो सुविधा दिइएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved