कसरी लिने अनलाइनबाटै पुनःश्रम स्वीकृति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 01:10:08 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक राजेगार विभागले पुनः श्रम स्वीकृति अनलाइनबाटै लिन सक्ने ब्यबस्था छिट्टै सुरु गर्ने भएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरुलाई ध्यानमा राख्दै विभागले अनलाइन बाटै पुनःश्रम स्वीकृति लिन पाउने व्यवस्था गर्न लागेको हो । 

सम्पूर्ण तयारी पूरा भएको भन्दै वैदेशिक राजेगार विभागले छिट्टै उक्त प्रक्रिया सुरु हुने जनाएको हो। विभागका अनुसार पहिला श्रम स्वीकृति लिएर रोजगारीमा गएका तथा नेपालमा आएका श्रमिहरुले घरमा नै बसेर अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन पाउँनेछन् । यस संगै पुनः श्रम स्वीकृतिका लागि नेपाल आउनुपर्ने बाध्यता तथा लामो समयसम्म लाइनमा बसेर स्वीकृति लिनुपर्ने बाध्यता हट्ने जनाईएको छ । अनलाइन बाट पुनः श्रमस्वीकृति लिदा समय सगैँ पैसाको बचत हुने विभागका अधिकारीहरु बताउँछन् । 

कसरी लिने श्रम स्वीकृति ? 

पुनःश्रम स्वीकृति लिन विभागको वेवसाइटमा गएर युजरनेम र पासवर्ड राख्नुपर्ने हुन्छ । पूरानो पासवर्ड थाहा हुनेहरुले सिधै खोल्न सक्नेछन् भने पूरानो थाहा नभएकाहरुले विभागले तयार पारेको फम भर्नुपर्नेछ । 

विभागका निर्देशक एवं सूचना अधिकारी टिकामणि नेउपाने पूरानो पासवर्ड थाहा नहुनेहरुका लागि वेवसाइटमा सूचना प्रकाशन गरिने बताउँछन् । विभागले वेवसाइटमा राखेको सूचना अनलाइन मार्फत नै समिट गर्नसक्नेछन् । श्रमिकले समिट गरेको सूचना अनुसार विभागका प्राविधिकहरुले पासवर्ड रिसेट गरेपछि पुनः श्रमस्वीकृति लिने प्रक्रिया सुरु हुनेछ । 

वेवसाइटमा भनिएअनुसारको आफ्नो पासवर्ड नम्बर राखेर बिमा र कल्याणकारी कोषको शुल्क जम्मा गर्नुपर्ने हुन्छ । उक्त शुल्क पेमेन्ट गेटवे मार्फत सजिलै भुक्तानी गर्नसकिनेछ । सबै प्रक्रिया पूरा गरेर रकम भुक्तानी गरेपछि विभागका प्राविधिकहरुले पुनःश्रमस्वीकृति प्रमाण सहित सम्बन्धित व्यक्तिलाई इमेल तथा मोवाइलको म्यासेज मार्फत जानकारी गराउनेछन् । 

श्रमस्वीकृति लिएर २ वर्षका लागि विदेश गएका वा स्वदेश फर्किएकाहरुले समयावधि सकिनुभन्दा अगाडी आवश्यकता अुनसार पुनःश्रमस्वीकृति लिन सक्नेछन् । २ पटकसम्म विदेशबाटै अनलाइन मार्फत पुनःश्रमस्वीकृति लिन सक्नेछन् । 

हाल विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेशियका युवाहरु २ वर्षपछि पुनः श्रमस्वीकृति लिन विभागको ताहाचल कार्यालयमा जानुपर्ने बाध्यता रहेको छ । उक्त व्यवस्थाबाट पुनः श्रमस्वीकृति लिन कै लागि विभिन्न देशबाट नेपाल आउनुपर्नूे बाध्यता हट्नेछ भने नेपालमा नै रहेको श्रमिकहरुलाई कार्यालयमा गएर लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved