फेरी अर्को गम्भीर संकटमा नेपालको बैदेशीक रोजगारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2020 | 10:49:17 AM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड १९ को विश्वव्यापी महामारीबाट विस्तारै ब्युतीन खोजेको नेपालको बैदेशिक रोजगारी फेरी अर्को अन्यौलको भुमरीमा फसेको छ। बेलायतमा कोभिड को नयाँ रुप देखिएपछि सुरक्षा सतर्कता भन्दै नेपालीहरुको मूल गन्तब्यका खाडी राष्ट्रका मुलुकहरुले आते जातेका माध्यम बन्द गर्ने निर्णय गरेपछि नेपालको बैदेशिक रोजगारीमा संकट थपिएको हो। 

बेलायतमा नयाँ प्रकृतिको कोरोना भाईरस देखिएपछि विश्वका अधिकांश देशहरुले बेलायतसँगको सम्पर्क मात्र नभई आफ्ना देशका हवाई, समुन्द्री र सडक सबै प्रकारका प्रवेश मार्ग बन्द गरेका छन्। 

'खाडी राष्ट्रका केहि मुलुकहरुले उडान रद्द गरिसकेका छन्, हामीलाई केहि थाहा छैन नयाँ प्रकृतिको कोरोना भाइरस कति लामो जान्छ र यसले ती देशमा कस्तो असर गर्छ' नेपाल बैदेशिक रोजगार व्यवसायी संघ, म्यानपावरहरुको छाता संगठन, का महासचिव सुजित कुमार श्रेष्ठले भने, 'अहिलेकै परिस्थिति लामो समयसम्म रह्यो भने यसले नेपालको बैदेशिक रोजगारीलाई गम्भीर असर पर्नेछ।' 

नेपालको लागि रोजगारीको महत्त्वपूर्ण गन्तब्य साउदी अरबले यहि आइतबार आफ्ना हवाई, समुन्द्र र सडक सबै प्रकारका मार्ग बन्द भएको घोषणा गरेको छ भने  बिदेशी पर्यटक तथा कामदार सबैलाई अबको एक हप्तासम्म प्रवेशमा रोक लगाईएको छ। यो रोक थप बढ्न सक्ने अनुमान छ। 

नेपालको रोजगारीको लागि अर्को दुई गन्तब्य कुवेत र ओमानले समेत साउदी अरबलाई पछ्याउदै नयाँ प्रकृतिको कोरोना भाईरस फैलिन नदिन सम्पूर्ण नाका बन्द गर्ने निर्णय गरेको छ। 

कुवेतले पनि आफ्ना सम्पूर्ण व्यवसायिक उडान रद्द गर्ने निर्णय गरेको छ। कुवेतले आजदेखि लागू हुने गरि कुवेत प्रवेशका सबै मार्ग बन्द गरिएको घोषणा गरेको छ भने ओमनले भोलिदेखि लागू हुने गरि सबै नाका बन्द गरिएको घोषणा गरेको छ।  

पश्चिम एशियाका मुलुकहरुमा उडान रद्दको अर्थ नेपाली कामदारहरुले प्रवेश मार्ग खुला नभएसम्म र अवस्था सहज नभएसम्म यी देशहरुमा कामको लागि जान पाउने छैनन्। 

गत बर्ष चीनको वुहानमा कोरोना भाईरस देखिएपछि विश्वभर सुरु भएको लकडाउनका कारण नेपालीहरु बैदेशिक रोजगारका लागि गन्तब्य मुलुक जानबाट बन्चित भएका थिए। नेपाल सरकारले समेत बैदेशिक रोजगारीको लागि श्रम स्वीकृत दिने कार्य बन्द गरेको थियो। 

झन्डै ६(७ महिनाको लकडाउन पश्चात अवस्था सामान्य हुँदै गर्दा पुन बैदेशिक रोजगारीको गन्तब्य कठिन हुँदै गर्दा यसले नेपालको बैदेशिक रोजगारीमा गम्भीर संकट निम्तिएको छ। 

बैदेशिक रोजगार बिभागको तथ्यांकअनुसार एक महिना अगाडी नोभेम्बरसम्म २३ हजार नेपालीले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन्। गत जुन देखि विस्तारै नेपालको बैदेशिक रोजगारी खुला भएको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved