शुक्रबारदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2020 | 10:02:09 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीमा विदेश गएका तथा स्वदेशमा नै रहेका नेपालीहरुले अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन पाउँने भएका छन् । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन मार्फत नै श्रम नविकरण (पुनः श्रम स्वीकृति) गर्न पाउने व्यवस्था गरेको हो । 

अब बिदामा नेपाल आएका वा विदेशमा नै रहेका श्रमिकले अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति लिन पाउनेछन् । विभागले बुधबार एक विज्ञप्ती जारी गर्दै उक्त व्यवस्था सुरु भएको जनाएको छ । 

‘एकपटक विभागको अनलाइन प्रणालीबाट आखाँको स्क्यान वा औठाछापको स्क्यान गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकहरुले मात्रै अनलाइनमार्फत पुनः श्रम स्वीकृति सेवा लिन सक्नेछन्’, विभागले जारी गरेको विज्ञप्तीमा भनिएको छ । श्रमिकले आफ्नो श्रम नविकरणको निस्सा (स्टिकर) आफ्नो इमेलमै प्राप्त गर्न सक्नेछ । यो नियम कार्यान्वयनमा आएकोले अब श्रम नविकरण गर्नको लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हटेको विभागले जनाएको छ । 

विभागले श्रम नविकरण गर्नको लागि चाहिने म्यादी बिमा र कल्याणकारी कोषको भुक्तानी पनि अनलाइनमार्फत नै गर्न पाउने व्यवस्था मिलाएको छ । यसको लागि सेवाप्रदायक संस्थालाई थप शुल्क भुक्तानी गर्न भने पर्दैन ।

यसअघि पुनः श्रम स्वीकृतिका लागि नेपालमा आउनुपर्ने व्यवस्था, लामो समयसम्म लाइनमा बसेर स्वीकृति लिनुपर्ने अवस्था हट्ने जनाईएको छ । अनलाइन बाट पुनः श्रमस्वीकृति लिदा समय सगैँ पैसाको बचत हुने विभागका अधिकारीहरु बताउँछन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved