श्रम स्वीकृतिका लागि विदेशी श्रमिक आफै उपस्थित हुनुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 12:46:21 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी श्रमिकले नेपालमा श्रमस्वीकृति लिन अब भौतिक रुपमा नै उपस्थित हुनुपर्ने भएको छ । श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले आईतबार एक सूचना प्रकाशन गर्दै बिहीबारबाट श्रमस्वीकृतिका लागि अन्तर्वार्ता लिन भौतिकरुपमा उपस्थित हुनुपर्ने जनाएको हो । 

विभागले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘यसअघि कोभिड–१९ को विश्वव्यापी महामारीको कारण असामान्य अवस्थामा भौतिकरुपमा उपस्थित हुन समस्या रहेकोमा अब अवस्था सामान्यतर्फ उन्मुख रहेको भन्दै माघ १ गतेदेखि पुर्ववत रुपमा अन्तर्वार्ता लिइनेछ ।’

कोभिड–१९ संक्रमणका कारण विभागले विदेशी श्रमिक ल्याउने कम्पनीसँग टोलिफोनमा कुराकानी गरेर आवश्यक कागजातको आधारमा श्रम स्वीकृति दिएको थियो । अब बिहीबारबाट श्रमिकको उपस्थितिमा मात्र श्रमस्वीकृति दिने भएको हो । 

गैर नेपाली श्रमिकले सम्बन्धीत उद्योग तथा कार्यालय र मन्त्रालयको सिफारिस लिएर श्रम स्वीकृति लिन पाउँछन् । श्रमस्वीकृति शुल्क २० हजार रहेको छ । 

सरकारले सबै विदेशी नागरिकलाई नेपालमा काम गर्नका लागि अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने घोषणा गरेतापनि कार्यान्वयन हुन सकेको छैन् । गैर नेपाली श्रमिकलाई नेपालमा अनिवार्य रुपमा श्रम स्वीकृति लिर्नै पर्ने भन्दै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएतापनि कार्यान्वयन फितलो भएको पाईएको छ ।  

नेपालमा ठुला पदमा कार्यरत डाक्टर, पाइलट, बैंकका सीइओ तथा प्राविधिक श्रमिकहरुले मात्र श्रम स्वीकृति लिने गरेका छन् ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved