माघ ११ गतेबाट साउदीमा मागपत्र प्रमाणिकरण शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 01:07:54 PM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरबस्थित नेपाली दूतावासले आगामी माघ ११ गतेदेखि मागपत्र प्रमाणीकरण शुरू गर्ने भएको छ । कोरोना महामारीका कारण करिव ७ महिनापछि साउदीस्थित नेपाली दुतावासले नयाँ मागपत्र प्रमाणीकरण सुरु गर्न लागेको हो । 

दूतावासले आइतबार एक सूचना जारी गर्दै मागपत्र प्रमाणीकरण सुरु गर्न लागेको जनाएको हो । दुतावासले साउदी सरकारले घोषणा गरेको श्रम सुधार योजना आगामी मार्च १४ बाट लागुहुने जनाएको छ । 

यसअघि साउदी सरकारले विदेशी श्रमिकलाई एउटै रोजगारदातासँग श्रम सम्झौता अवधिभर काम गर्नुपर्ने, साउदी छोड्दा रोजगारदाताको अनुमति आवश्यक पर्ने लगायतको नियम रहेको थियो । तर आगामी मार्चबाट उक्त कपला प्रणाली हटाइदैँ छ । 

दुतावासले नयाँ नियम आउन लागेको भन्दै मागपत्र प्रमाणीकरण भएपछि आउने कामदारहरु मार्च १४ पछिमात्र आउने व्यवस्था मिलाउन इजाजत पत्रवाला संस्थाहरूलाई आग्रह गरेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved