विदेशबाट फर्किएर उद्यम गरेका उद्यमीलाई सरकारले पुरस्कार दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 03:05:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विदेशबाट फर्किएर स्वदेशमा उद्यम गर्ने उद्यमीलाई सम्मान तथा पुरस्कार दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशबाट फर्किएर स्वदेशमा उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीको योगदानको कदर गरेर स्वरोजगारीलाई प्रोत्साहन गर्ने पुरस्कृत गर्न लागेको हो ।

मन्त्रालयले आज एक सूचना प्रकाशन गर्दै ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ को अनुसूची–२ अनुसारको आवदेन फाराम भर्न आह्वान गरेको छ । मन्त्रालयले पुरस्कारका लागि योग्यता पुगेका नेपालीहरुबाट आगामी माघ १९ गतेसम्म मन्त्रालयमा निवेदन दर्ता गराउन अनुरोध गरेको छ । 

मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार उक्त सम्मानमा सहभागी हुन नेपाली नागरिक, श्रमिक भिसामा विदेश गई कम्तिमा १ वर्ष काम गरी फर्किएको हुनुपर्ने र ५ वर्षयता मन्त्रालयबाट कुनै पनि प्रकारको पुरस्कार प्राप्त नगरेको हुनुपर्ने जनाईएको छ । यसैगरी नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको राहदानीको प्रतिलिपि, व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष  २०७६/७७ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषण गर्नुपर्ने उल्लेख गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved