सम्पन्न भयो नेपाल जब फेयर, ५११ जनाले पाए ठाउँका ठाउँ जागिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2021 | 11:36:26 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित विहीबारबाट सुरु भएको नेपाल जब फेयर २०२१ भव्यताकासाथ सम्पन्न भएको छ ।

एस्पायर जब्स्को आयोजनामा मुलुकमै पहिलोपटक भएको जब फेयरमा सय भन्दा बढी रोजगारदाताको प्रत्यक्ष सहभागिता रह्यो भने झण्डै १ लाख ५० हजार जनाभन्दा बढी प्रत्यक्ष तथा भर्चुअल माध्यममार्फत जब फेयरमा जोडिएका थिए । जब फेयर समापन भएपनि रोजगार चाहनेहरुले भर्चुअल माध्यमबाट रोजगारदातासंग जोडिने क्रम भने आगामी केही दिनसम्म चल्नेछ ।

विहीबारबाट सुरु भई तीनदिनसम्म संचालन भएको जब फेयरको दोस्रो दिन (शुक्रबार) र अन्तिम दिन (शनिबार) गरी १५० हाराहारीमा अन्तरवार्ता सेसन संचालन भएको थियो । उक्त दुई दिनको अन्तरवार्ता सेसनमा ७ सय २४ जना सहभागी भएका थिए भने त्यसमध्ये ५११ जनाले जब फेयरकै समयावधिमा जागिर पाउन सफल भएका छन् ।

यसको अलवा जब फेयर २०२१ मार्फत रोजगारदाता र करिअर प्लानमा रहेका युवाबीच प्रत्यक्ष अन्तरक्रिया भई व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यास को सूत्रपात गर्ने लक्ष्यलाई सार्थकतामा पुर्याएको आयोजक एस्पायर जब्सले जनाएको छ ।

यस्तै, फेयरले प्रविधिका माध्यमबाट युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संशाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने कुरामा भूमीका निर्वाह गरेको बताइएको छ ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबाट उद्घाटन भएको जब फेयरमा अर्थ–राजनीतिक विष्लेषक हरि रोका र रोजगार विज्ञ प्रा। डा। रमेशप्रसाद कोइरालाले कि नोट स्पिकरका रुपमा आफ्नो धारणा राखेका थिए। 

यस्तै, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङ, त्रिभुवन विश्वविद्यालयका प्रा।डा कुसुम शाक्य लगायतकाले नेपालमा रोजगारीका संभावना र जनशक्ति विकासबारे प्रकाश पारेका थिए।

एस्पायर जब्स् का अध्यक्ष प्रकाश गैरेले नेपालमा रोजगारीका प्रशस्त संभावना रहेपनि बेरोजगारी बढ्नुमा असन्तुलित श्रम बजार नै प्रमुख कारण रहेको बताए। जब फेयरले रोजगारदाता र रोजगारी चाहनेलाई एउटै थलोमा ल्याएर कुन क्षेत्रमा कस्ता प्रकारका जनशक्ति आवश्यक छ भन्ने कुरालाई उजागर गरेको उनको भनाइ छ । यसले आगामी दिनमा सरकारलाई पनि त्यस अनुरुप नीति नियम तजुृमा गर्न सहयोग पुग्ने उनले अपेक्षा गरे।  

यस्तै नेपालमा रोजगारदाता र बेरोजगार युवाबीच ठूलो ग्याप रहेको र त्यो ग्यापलाई पूरा गर्नु नै जब फेयरको उदेश्य भएको एस्पायर जब्स् का उपाध्यक्ष प्रमोश अधिकारीले बताए। 

“जब फेयरमार्फत वेरोजगार युवाले पनि रोजगारदाता कम्पनीसमक्ष खुलेर आफ्नो क्षमता प्रस्तुत गर्न सक्ने र रोजगारदाता कम्पनीहरुले पनि आफूलाई अहिले आवश्यक र भविष्यमा चाहिने जनशक्तिको छनोट गर्न सक्नेगरी हामीले वातावरण बनाएका हौं" अधिकारिले भने। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved