म्यानपावर व्यवसायीका माग सम्बोधन गर्न कार्यदल गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2021 | 01:24:32 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न २१ बुँदे माग राख्दै आन्दोलित बनेका म्यानपावर व्यवसायीका माग सम्बोधन गर्न कार्यदल गठन भएको छ । वैदेशिक रोजगार विभागले व्यवसायमा सुधारभन्दा अनुचित नियन्त्रणको शैली अपनाएको निष्कर्षसहित आईतबारबाट विभाग केन्द्रीत आन्दोलन सुरु गरेका व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन गरेको हो ।

विभागका सूचना अधिकारी टिकामणी न्यौपानेको संयोजकत्वमा गठित कार्यदलले एक सातासम्म व्यवसायीले राखेका मागका विषयमा अध्ययन गर्नेछ । उक्त कार्यदलले विभागको मातहतमा रहेका र व्यवसायीले राखेका माग सम्बोधनका विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउने छ ।

यसैबीच श्रम मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न एवं वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित बनाउन ९ सदस्यीय समिति गठन गरेको छ । माघ ९ गतेको मन्त्रीस्तरीय निर्णयबाट व्यवसायीहरुको तर्फबाट ४ र मन्त्रालयबाट ५ जना सदस्य रहने गरी गठन भएको उक्त समितिलाई १५ दिनको समय दिईएको छ । समितिले वैदेशिक राजेगारीको क्षेत्रमा देखिएका नीतिगत समस्याको समाधान गर्ने जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved