कतार प्रहरीको लागि अन्तर्वार्ता लिने म्यानपावरमा विभागको छापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2021 | 02:24:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक रोजगार विभागले एक म्यानपावर कम्पनीमा छापा हानेको छ । अबैध रुपमा कतार प्रहरीमा पठाउन अन्तरवार्ता लिएको सूचनाका आधारमा विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडीको कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा हानेको हो । 

विभागले कतार प्रहरीका लागि अन्तरवार्ता लिइएका २२ जनाको शंकास्पद फारम बरामद गरेको छ । यसअघि विभागले कतार पुलिसका लागि मागको पूर्व स्वीकृति बिना नै अन्तर्वाता लिएका तीन वटा म्यानवावर कम्पनीलाई ६ महिना निलम्बन गरेकाे थियाे ।  निलम्बनमा पर्नेमा लाजिम्पाटमा रहेको होप इन्टरनेशनल प्रालि, धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.ली हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved