मन्त्रीले फुकुवा गरिदिए म्यानपावर कम्पनीलाई विभागले गरेको कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2021 | 11:31:13 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभागले कतार पुलिसका लागि मागको पूर्व स्वीकृति बिना नै अन्तर्वाता लिएको भन्दै निलम्बन गरेको एसओएस म्यानपावर कम्पनीको कारवाही नवनियुक्त श्रममन्त्रीले फुकुवा गरेका छन् । 

गत मंसिर ८ र ९ गते वैदेशिक रोजगार विभागले माग प्रमाणिकर बिनै कतार पुलिसको अन्तर्वाता लिएको भन्दै लाजिम्पाटमा रहेको होप इन्टरनेशनल प्रालि, धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.लीमा छापा मारेर कारवाही स्वरुप ६ महिना निलम्बन गरेको थियो । 

तीनवटा कम्पनीलाई कारवाही गरेकोमा श्रममन्त्री गौरीशंकर चौधरी प्रभावमा परेर हेम गुरुङ सञ्चालक रहेको एसओएसको मात्र कारवाही फुकुवा गरेको विभागका अधिकारीहरु नै बताउँछन् । 

‘श्रममन्त्रीको रुपमा जुन मन्त्रीआएपनि हालसम्म गुरुङकै पक्षमा कामहरु हुने गरेका छन् । विभागले गल्ती भेटेर कारवाही गरेको कम्पनीलाई नयाँ मन्त्रीले सफाई दिए’, विभागका एक कर्मचारीले भने, ‘व्यवसायीहरु गल्ती गर्दै जान्छन, विभागीय मन्त्रीनै उनीहरुको पक्षमा हुँदा काम गर्नसक्ने अवस्था छैन, विभागले गरेको कारवाहीको बिना अध्ययन कारवाही फुकुवा गरियो ।’

उनका अनुसार गल्ती भेटेर नै कारवाही गरिएको थियो तर बिना प्रमाण कारवाही गरियो भनेर प्रचार गरियो । 

मन्त्रीले विभागमा पठाएको पत्रका आधारमा सोमबारबाट नै कारवाही फुकुवा भएको विभागले जनाएको छ । 

एसओएसले विभागको निर्णयविरुद्ध मन्त्रालयमा पुनरावेदन गरेको थियो । उक्त कम्पनीले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६ (१) बमोजिम पुनरावेदन निवेदन पेश गरेको जनाईएको छ । त्यसकै आडमा मन्त्री चौधरीले आर्थिक चलखेल गरेर एसओएसको निलम्वन फुकाएको श्रम मन्त्रालय स्रोतको दावी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved