अब म्यानपावरले पनि शाखा खोल्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 11:38:50 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई शाखा कार्यालय सञ्चालनको अनुमति दिने तयारी गरेको छ। व्यवसायीको मागअनुसार पहिलो चरणमा २९ वटा कम्पनीलाई शाखा खोल्न अनुमति दिने तयारी अन्तिम तयारीमा पुगेको विभागले जनाएको छ । 

‘हामीले शाखा कार्यालय सञ्चालन सम्बन्धी मापदण्ड तयार पारिसकेका छौं, अब छिट्टै शाखा कार्यालय सञ्चालनको अनुमति दिन्छौँ’, विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने । 

विभागले व्यवसायीको पक्षमा काम नगरेको भन्दै म्यानपावर व्यवसायीले शाखा कार्यालय सञ्चालनको अनुमति पाँउनुपर्ने लगायतका २१ बुदे माग राख्दै विभाग केन्द्रीत आन्दोलन गर्दै आएका छन् । 

व्यवसायीको समस्या समाधानका लागि विभागले गठन गरेको कार्यदलको बैंठक आज बस्दैछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved