खाडी मुलुकमा नेपाली श्रमिक वेपत्ता भए कसले खोज्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 12:23:16 PM मा प्रकाशित

laxmi  sunrise bank

झापाकी सरिता केसी (नाम परिवर्तन) का श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया गएको ६ वर्ष भयो । गएको सुरुवातीका दिनमा नियमित परिवारसँग सम्पर्कमा रहेका उनी हाल परिवारसँग सम्पर्क विहीन भएका छन् । 

‘काम रामै छ, नियमित घर खर्च पठाउँछु भन्नुभएको थियो, केही महिना नियमित रकम पनि पठाउँनुभयो, तर हाल सम्पर्क नै हुन सकेको छैन’, उनले दुख मान्दै भनिन्, ‘फोन आउँला भनेर कुरेर बसे । तर ६ वर्ष भैसक्यो, सम्पर्क नै भएको छैन ।’

सरिता प्रतिनिधि प्रात्र मात्र हुन्, वैदेशिक रोजगारीमा मलेसिया लगायत खाडी मुलुकमा गएका नेपाली श्रमिकहरु हराउने क्रम बढ्दै गएको छ । केही नेपालीहरु जानीजानी सम्पर्क विहीन हुन्छन्, केही समस्या परेर सम्पर्क विहीन हुने गरेका छन्, तर नेपालमा विदेशमा वेपत्ता भएकाको गुनासो गर्ने निकाय नै छैन । 

विदेशीएका नेपाली श्रमिकले पठाएको रेमिट्यान्सबाट धानिएको देशमा त्यही श्रमिक वेपत्ता हुँदा गुनासो गर्ने निकाय नहुँदा धेरै श्रमिकहरु समस्यामा पर्ने गरेका छन् । विदेशमा वेपत्ता भएको र खोजी गर्नुप्यो भन्दै दैनिक १० देखि १२ वटासम्म गुनासो आउने गरेको वैदेशिक रोजगार विभागका अधिकारीहरु बताउँछन् । 

‘हामीले वेपत्ता श्रमिकको खोजी गर्न सक्दैनौँ, हामीलाई त्यो अधिकार पनि छैन, तर दैनिक सम्पर्क विहीन भएको र खोजी गर्दिनुप्यो भनेर धेरै गुनासोहरु आउने गरेको छ’, विभागका महानिर्देशक कुमारप्रसाद दाहाल भन्छन्, ‘विदेशी श्रमिक नेपालमा आएर सम्पर्क विहीन हुँदा दुतावासले सबै काम गर्छ, तर हाम्रा श्रमिकहरु कति बेपत्ता छन्, खोजीका लागि गुनासो गर्ने निकायसम्म छैन ।’

सरिता जस्तै धेरैको समस्या उस्तै छ । विभागमा वैदेशिक रोजगारीमा गएका श्रमिकलाई कम्पनीले तोके अनुसारको तलव नदिएको, काममा बढी लगाएको जस्ता समस्याहरु भएको भन्दै दैनिक गुनासाहरु आउने गरेको उनी बताउँछन् । विभागले सम्बन्धीत श्रमिकको गुनासोका आधारमा समस्या समाधान गर्दै आएका जनाएको छ । 

सबैभन्दा धेरै वेपत्ता भएको गुनासो मेलेसियाको रहेको छ । मलेसियापछि युएइ र बहराइनमा धेरै नेपाली श्रमिकहरु वेपत्ता हुने गरेका छन् । मलेसियामा गएर सम्पर्क विहीन हुन श्रमिक मध्येमा अधिकाशं श्रमिक उतै विवाह गरेर बसेर सम्पर्क विहीन हुने गरेका छन् । मलेसियाको कानुनले छुट दिदा धेरै नेपालीहरु उतै हराउने गरेको पाइएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठ बताउँछन् । 

जानी जानी हराउने श्रमिकको खोजी गर्न सकिदैन, यदि संस्थागत रुपमा रोजगारीमा गएकाहरुको (नेपालबाट श्रम स्वीकृति लिएर गएको) खोजी गर्न सकिने उनी बताउँछन् । उनका अनुसार कम्पनी छोडेर लुकेर काम गर्ने, विभिन्न कारणले जेल चलान भएकाहरुलाई खोज्न सकिन्छ । 

वैदेशिक रोजगारीमा गएकामध्ये आपतविपतमा परेकाबाहेक अधिकांश दोस्रो विवाह गर्ने, विदेशीको प्रेममा पर्ने र पारिवारिक कलहमा फसेका पुरुष धेरै हुनेगरेको पाइएको छ । यसरी सम्पर्कविहीन हुनेहरू जानीबुझी परिवार र राज्यको सम्पर्कमा आउन नचहाने बढी रहेको व्यवसायीहरु बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved