वैदेशिक रोजगारीमा जानेकाे स्वास्थ्य परीक्षण गर्ने दश संस्था खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2021 | 10:59:46 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीमा जानेकाे स्वास्थ्य परीक्षण गर्ने दश वटा स्वास्थ्य संस्था खारेज भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरणका लागि आवश्यक कागजात पेश नगरेको भन्दै उक्त स्वास्थ्य संस्थाहरुलाई खारेज गरेको हो । 

खारेजीमा पर्नेमा सुधा हेल्थ एन्ड मेडिकल सेन्टर, साउदी नेपाल मेडिकल सेन्टर, अनुरोध पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, गोदावरी डायग्नोस्टिक सेन्टर, पर्फेक्ट डायग्नोस्टिक सेन्टर, मेट्रो काठमाडौं अस्पताल, अल्का अस्पताल, अल्का पोलिक्लिनिक, रिलायबल मेडिकल सेन्टर र कन्काई डायग्नोस्टिक सेन्टर रहेका छन् । 

नियमानुसार पुस मसान्तसम्म नवीकरण गर्नुपर्नेमा मन्त्रालयले थप १५ दिनको समय दिएको थियो । थपिएको समयमा संस्था नवीकरणका लागि आवश्यक कागजात पेश नगरेपछि मन्त्रालयले नवीकरण खारेज गरिएको जनाएको छ । 

श्रममन्त्री गौरीशंकर चौधरिले चित्तबुज्दो कागजात नआएको भन्दै गत माघ १३ गते उक्त स्वास्थ्य संस्थाको नवीकरण खारेज गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved