भिजिट भिसामा विदेश जाँदा १५ लाखको बीमा अनिवार्य, के हुन्छ अनुमति लिनु पर्ने ब्यबस्था ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 05:34:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले १५ लाख बराबरको जिवन बीमा गरेका नेपालीहरुलाई मात्र भिजिट भिसामा विदेश जान अनुमति दिने भएको छ । पछिल्लो समय पासपोर्ट बनाउन नसक्ने नेपालीहरु समेत दलालको चंगुलमा परेर भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने गरेको गुनासोपछि नयाँ व्यवस्था गर्न लागिएको हो ।  

गृह मन्त्रालय अन्तरगतको अध्यागमन विभागले धेरै नेपाली विभिन्न देशमा अलपत्र परेको गुनासोका आधारमा अध्यागमन कार्यविधि संशोधनका लागि उक्त प्रस्ताव पेश गरेको हो । जुनसुकै देशमा जाने जो कोही नेपालीले १५ लाख बराबरको बीमा गरेको प्रमाणपत्र पेश गरेपछि मात्र अनुमति दिने गरी विभागले कार्यविध संशोधन गर्न केही दिन अघिमात्र मन्त्रालयमा सिफारिस गरेको छ । 

विभागले पठाएको प्रस्तावका आधारमा गृहमन्त्री रामबहादुर थापाले (मन्त्रीस्तरीय निर्णयबाट) उक्त प्रस्ताव स्वीकृति गर्नेछन् । 

भिजिट भिसामा विदेश गएका धेरै नेपालीहरु समस्यामा परेको गुनासोका आधारमा विभागले कार्यविधि संशोधन गर्न मन्त्रालयमा प्रस्ताव पेश गरेको विभागका महानिर्देशक रमेश कुमार केसी बताउँछन् । 

यसैगरी विभागले जोखिमयुक्त देशमा ४० वर्षभन्दा कम उमेरका महिलाहरु भिजिट भिसामा जान चाहेमा परिवार वा स्थानीय तहको सिफारिस अनिवार्य चाहिने समेत प्रस्ताव पेश गरेको छ । तर उक्त विषयमा विभिन्न नकारात्मक टिका टिप्पणीहरु हुन थालेपछि उक्त प्रस्ताव हटाइने सक्ने सम्भावना देखिएको विभागका अधिकारीहरु बताउँछन् । 

हामीले धेरै महिलाहरु जोखिमयुक्त देशमा गएर समस्यामा परेका आधारमा सम्बन्धीत स्थानीय तह वा परिवारका सदस्यको अनुमति चाहिने प्रस्ताव पेश गरेका थियौ । उक्त प्रस्तावपछि महिलालाई विभेद गरेको लगायतका नकारात्मक कुरा उठ्न थालेपछि मन्त्रालयमा छलफल गरेर हटाइन सकिने सम्भावना देखिएको उनीहरु बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved