माघमा मात्र राेजगारीका लागि १८ हजार श्रमिक बाहिरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 05:07:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना महामारीको बीचमा एक महिनामा करिब १८ हजार नेपाली श्रमिक रोजगारीका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार माघ महिनामा १७ हजार ८ सय ८७ नेपाली श्रमिक रोजगारीका लागि बाहिरएका छन् । जसमा १६ हजार ४३६ पुरुष र एक हजार ४ सय ५१ महिला रोजगारीको लागि विभिन्न देश गएका हुन् । 

खाडीका देश मध्येमा माघ महिनामा सबैभन्दा धेरै श्रमिक युएई गएका छन् । जसमध्येमा ४ हजार ५ सय ४९ पुरुष र ६ सय ५९ महिला गरी ५ हजार २ सय ८ जना रहेका छन् । पछिल्लाे समय युएई, साउदी अरब, कतार, ओमान, बहराइन, कुवेत, मलेसिया लगायतका देशहरु नेपाली श्रमिककाे रोजाइमा पर्ने गरेकाे छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved