कामको खोजिमा ५७ देशका नागरिक नेपालमा, ७ महिना मै भित्रिए १२ सय बढी कामदार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 01:04:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सात महिनाको अवधिमा नेपालमा साढे १२ सय विदेशी कामदार भित्रिएका छन् । कोरोना महामारीको प्रभाव कम हुँदै गएपछि विदेशी कामदार भित्रने क्रममा बृद्धि हुँदै गएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७÷०७८ को सात महिना (गत साउनदेखि माघ मसान्तसम्म) विभिन्न ५७ देशका एक हजार २ सय ६७ विदेशी नागरिकले श्रम स्वीकृति लिएका छन् । यो अबधिमा ७ सय ८० विदेशी श्रमिकले नयाँ श्रम स्वीकृति लिएका छन् भने ४ सय ८७ श्रमिकले श्रमस्वीकृति नवीकरण गरेका छन् । 

गत वर्षको लुतनामा नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्नेको संख्यामा कमी आएको विभागका महानिर्देशक सनत केसीले जानकारी दिए । उनका अनुसार कोरोना महामारीपछि नेपालमा अन्य देशको तुलनामा चिनियाँ कामदार धैरे भित्रिएका छन् । 

सात महिनाको अबधिमा ५ सय ५० चिनियाँ कामदारले नयाँ श्रम स्वीकृति लिएका छन् भने ३ सय ५० जनाले नवीकरण गरेका छन् । यसैगरी चीनपछि सबैभन्दा धेरै युकेबाट ६६ विदेशी कामदार नेपाल भित्रिएका छन् । जसमा ४२ जनाले नयाँ स्वीकृति र १८ जनाले नवीकरण गरेका छन् । 

विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा २ हजार ५० विदेशी श्रमिकले नेपालमा श्रम स्वीकृति लिएका थिए । जसमध्येमा एक हजार ९१ जनाले नयाँ र ९ सय ५९ जनाले नवीकरण गरेका थिए । 

हाल नेपालमा सबैभन्दा धेरै भारतीय कामदार रहेतापनि अनिवार्य रुपमा श्रम स्वीकृति लिने गरेका छैनन् । गैरनेपाली श्रमिकलाई नेपालमा श्रम गर्दा अनिवार्य रुपमा श्रम स्वीकृति लिनैपर्ने व्यवस्था भएतापनि कार्यान्वयनमा फितलो हुँदा भिजिट भिसामा नेपाल प्रवेश गर्ने विदेशी कामदारहरु धेरै रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved