
संघीय सरकारले बेरोजगार व्यक्तिको विवरण पठाउने समयसिमा थप गरेको छ। आगामी आर्थिक वर्षमा न्यूनतम रोजगारीमा खटिने बेरोजगार व्यक्तिको सूचिकरण २०७७ चैत मसान्तसम्म रोजगार व्यवस्थापन सूचना प्रणाली अर्थात इएमआइएसमा प्रविष्ट गर्नुपर्ने भएपनि स्थानीय तहको आग्रहमा बैशाख १५ गते सम्मलाई समयसिमा थप गरिएको हो।
बैशाख ७ गतेको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलयले बैशाख १५ गतेसम्म १५ दिन समय थप गरेको हो। स्थानीय तहले पठाएको विवरणका अनुसार आगामी आर्थिक बर्ष २०७८/७९ को लागि यस कार्यक्रम अन्तर्गत बजेट बिनियोजन हुने प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले बताए।