चिया बगान बाहेकका श्रमिकको न्युनतम पारिश्रमिक तय, घन्टाको ७७ रुपैयाँ अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 10:11:04 PM मा प्रकाशित

laxmi sunrise bank

सरकारले चिया बगानमा काम गर्नेहरु बाहेकको लागि न्युनतम पारिश्रमिक तय गरेको छ। श्रम ऐन २०७४ को दफा १०६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि न्युनतम पारिश्रमिक लागू गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

न्युनतम पारिश्रमिक १५ हजार तय गरिएको छ भने दैनिक ज्यालादारीको रुपमा काम गर्नेलाई दैनिक न्युनतम ५७७ रुपैयाँ दिनुपर्नेछ भने घण्टाको हिसाबले काम गर्नेलाई घन्टाको ७७ रुपैयाँ दिनुपर्नेछ। 

न्युनतम पारिश्रमिकको अतिरिक्त श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र प्रचलित कानुन बमोजिम श्रमिकले पाउनुपर्ने संचयकोष र उपदान लगायतका सुविधा प्रदान गर्नुपर्ने छ। 

त्यस्तै स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १३ अनुसार स्थानीय तह वा नेपाल सरकारको कानुन बमोजिम अन्य निकायलाई न्युनतम पारिश्रमिक तय गर्ने अधिकार भएपनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निकालेको सूचनामा तय गरिएको भन्दा कम पारिश्रमिक तोक्न पाइनेछैन। 

मन्त्रालयद्वारा जारी सूचनाअनुसार उल्लेखित न्युनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरि कुनै पनि रोजगार सम्झौता गर्न पाइनेछैन।  नेपाल सरकारका सचिव सुर्य प्रसाद गौतमकाअनुसार तय गरिएको न्युनतम पारिश्रमिक यहि साउन १ गतेदेखि लागू हुनेछ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved