
कतार सरकारले विभिन्न विभिन्न आरोपमा कैद सजाय भोगिरहेका १४ जना नेपालीलाई आममाफी दिएको छ । रमादान पर्वको अवसरमा कतार सरकारले १४ जना नेपालीलाई आममाफी दिएको दोहास्थित नेपाली दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
आममाफी पाएका नेपाली नागरिकलाई नेपाल फर्काउन कतारका सम्बन्धित निकाहरुसँग दूतावासले समन्वय गर्ने छ ।