
योगदानमा आधारित सामाजिक सुरक्षा कोषका कारण ठुलो सङ्ख्यामा बैंकरहरुले खाईपाई आएको रोजगारी छाड्ने तयारी गरेका छन्। कोषमा आबद्द भएपछि अहिलेसम्म जम्मा भएको पैसा खोसिने भएपछि उनीहरु रोजगारी छाड्ने अवस्थामा पुगेका हुन्।
उत्कृष्ट ५ भित्र पर्ने कमर्शियल बैंकका केहि कर्मचारीले यहि कारणले जागिर छाडीसकेको बताउदै एक बैंकका कर्मचारी युनियनका अध्यक्षकाले आफुले अहिलेसम्म जम्मा गरेको पैसा खोसिने त्रास बढेकाले बैंक वित्तीय सँस्थामा लामोसमय देखि काम गरिरहेका कर्मचारीहरुको ठुलो सङ्ख्याले जागिर छाड्ने तयारि गरेको बताए।
यो पनि: अन्य बैंक आन्दोलित हुँदा लक्ष्मी मात्रै सामाजिक सुरक्षा कोषमा दर्ता, के होला खास कारण ?
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जाँदा एकमुष्ट रुपमा ८.३३ प्रतिशत मात्रै पैसा फिर्ता हुने र अरु पैसा सरकारी खातामा जाने भएकाले कोषमा आबद्द नहुँदै बैक वा संचय कोषमा अहिलेसम्म जम्मा भएको पैसा सुरक्षित गर्नका लागि पनि उनीहरुले खाईपाई आएको जागिर छाड्न लागेका हुन्।
बैंक वित्तीय सँस्थाका कर्मचारीहरुले आफुले काम गरिरहेको बैंकले संचालन गरिरहेको अवकाश कोष वा संचय कोषमा पैसा जम्मा गर्दै आएका छन्। संचय कोषमा जम्मा गर्दा जम्मा गरेको पैसामा प्रत्येक बर्ष ९ प्रतिशत ब्याज थपिदै जाने र आफुले चाहेको बेलामा एकमुष्ट पैसा फिर्ता हुने सुविधा थियो। तर योगदानमा आधारित सामाजिक कोषमा जम्मा भएको कुल पैसाबाट कोषको मापदण्ड पुरा गरेको अवस्था भएमा मात्र ८.३३ प्रतिशत एकमुष्ट फिर्ता हुने र बीचमा आफुलाई चाहिएको बेला फिर्ता लिन पनि नपाइने व्यवस्था रहेको छ।
यो पनि:-सामाजिक सुरक्षा कोषसँग बैंकरहरुका अनुत्तरित १५ प्रश्न
-आफ्नै पैसा पाउन बुढेशकालमा कि विदेशिनु पर्ने कि मर्नु पर्ने भएपछि सामाजिक सुरक्षा कोषमा को जान्छ ?
-आफ्नै पैसा फिर्ता पाउन नागरिकता त्याग्नु पर्ने भएपछि सामाजिक सुरक्षा कोषमा को जान्छ ?
एक बैंकका कर्मचारी भन्छन्, 'हामीले वर्तमानमा तलबको पैसाले घर खर्च चलाउँला तर भविष्यमा घर-जग्गा जोडौला, छोराछोरीलाई पढ्न तथा बिहेवारीमा खर्च गरौला भनेर तलबबाट काटेर संचय कोषमा पैसा जम्मा गरेको हो। तर जम्मा भएको पुरै पैसा पनि फिर्ता नपाउने, पेन्सनको नाममा दिईने पैसा पनि बैंकमा राख्दा आउने ब्याज भन्दा कम हुने भएपछि हामि अब कोषमा आबद्द किन हुने ?'
सामाजिक सुरक्षा कोषमा आबद्द भएकै कारण अहिलेसम्म जम्मा भएको पैसाको एउटा सानो हिस्सा मात्रै फिर्ता पाउने अवस्था रहन्छ भने कोषले बाध्यकारी बनाउन अगाडी नै रोजगारी छाडेर जम्मा भएको पैसा सुरक्षित गर्नुपर्ने भएकाले रोजगारीबाट राजिनामा दिने सोचमा पुगेको उनि बताउँछन्।
साम दाम दण्ड भेद प्रयोग गर्दै सामाजिक सुरक्षा कोष
सामाजिक सुरक्षा कोषले कोषमा आबद्द गराउनलाई साम दाम दण्ड भेद नीति अख्तियार गरेको बैंकका कर्मचारीहरुको आरोप छ। आफ्नो जित हासिल गर्न यस्ता नीतिको प्रयोग हुने पूर्वीय दर्शनका महानपत्र चाणक्यको नीतिमा उल्लेख छ।
सामः राम्रो बोलेर वा राम्रो व्यवहार गरेर, दामःआफ्नो अधिकार भित्र रहेको पैसा दोस्रो पक्षलाई दिएर, दण्डः दुष्मनको प्राण लिनु, धन छिन्नु, या शारीरीक दण्ड दिएर, भेदः दुष्मनहरु भित्र आपसी कलह पैदा गराएर आफ्नो जित हासिल गरिने रणनीतिलाई 'साम दाम दण्ड भेद' को नीति भन्ने गरिन्छ।
सामाजिक सुरक्षा कोषले मृत्यु भएका कर्मचारीको आश्रित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै पत्र काट्न थालेको छ। पछिल्लो समय कोषले ग्लोबल आइएमई बैंक, सनराइज बैंक र गोर्खा ब्रुअरीलाई मृत्यु भएका कर्मचारीको आश्रित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै क्षतिपूर्तिको रकम नै तोकेर त्यति रकम दिनलाई पत्र काटेको छ।
२०७४ मा ऐन आएपछि २०७५ देखि कार्यन्वयनमा आएको सामाजिक सुरक्षा कोषको यो गतिबिधिलाई कोषले धम्काउने शैलीको रुपमा लिइएको छ। संगठित तथा असंगठित संस्थाहरुमा ठुलो संख्यामा रहेका श्रमिक तथा मजदुरको सुरक्षाका लागि सामाजिक सुरक्षा कोष ल्याइएको भएपनि कोषले पछिल्लो समय कोषले पारदर्शी रुपमा सेवा सुविधा तथा श्रम ऐन पालना गरेका संस्थाहरुलाई नै कोषमा आउन बाधे पारेको बैक वित्तीय संस्थाहरुको भनाई छ।
यो पनि:
-सामाजिक सुरक्षा कोषबारे बजार हल्ला: कति भ्रम, कति यथार्थ ?
-सामाजिक सुरक्षा कोष: सरकारी कर्मचारीलाई नयाँ युग, निजीलाई निरङ्कुश
कोषमा अहिले आबद्द भएका धेरै संस्थाहरुले आफ्ना कर्मचारीहरुको नियमित बुझाउनु पर्ने पैसा जम्मा नगरिरहेको र केहि सँस्था कोषको कारबाहीबाट बच्न तथा राज्यसँग निकट भएको देखाउनलाई मात्रै कोषमा आबद्द भएको असन्तुष्टहरुको दाबी छ।
नियमित रुपमा तलब नदिने, संचय कोषमा कर्मचारीको पैसा नबुझाउने, बर्षमा अधिकतम तलब पनि नदिने र अवकाश कोषमा पैसा पनि जम्मा पनि नगर्ने संस्थाहरुलाई प्राथमिकतामा राखेर कोषमा आबद्द गराउनुपर्नेमा आफुहरुलाई निशाना बनाइएको बैंकका कर्मचारीहरुको भनाई छ।
कोष संचालनमा आए लगत्तै केहि बैंक वित्तीय सँस्था कोषमा दर्ता भएपनि दर्ता भएका संस्थाका कर्मचारीको नाममा एक पैसा पनि जम्मा नभएको अवस्था छ। कोषले कर्मचारी राष्ट्रिय कल्याण कोष बापत पाएको करिब २५ अर्ब पैसा फिर्ता माग्दा बैंकको निक्षेप र कर्जा लगानीको अनुपात बिग्रिने डरले केहि बैंक वित्तीय सँस्था कोषमा आबद्द भएको बैंकका कर्मचारीहरुको आरोप छ।