सामाजिक सुरक्षा कोष बिरुद्द देशब्यापी रुपमा स्रुरु भएको दोस्रो चरणको आन्दोलनमा नेपाल क्रेडिट एण्ड कमर्श एनसीसी बैक पनि सहभागी भएको छ।
बैंकका कर्मचारीले बागबजार स्थित केन्द्रिय कार्यलयमा एक कार्यक्रमको आयोजना गरि सामाजिक सुरक्षा कोष बिरुद्दको दोस्रो चरणको आन्दोलन गरेको हो। बैंकका कर्मचारीहरुले बैंकको नियमित काम नबिग्रियोस भन्ने उदेश्यले आज बिहान ९ बजेर ३० मिनेट देखि ९ बजेर ४५ मिनेटसम्मको लागि आन्दोलन गरेका हुन्।
सामाजीक सुरक्षा कोष बिरुद्दको यो दोस्रो चरणको आन्दोलनमा आफुहरुको पनि साथ रहेको र त्यहि अनुसार ऐक्यबद्दता जनाउन आज बिहान आन्दोलन गरिएको बैकका कर्मचारी युनियनका अध्यक्ष लक्ष्मण कार्कीले बिजपाटीलाई बताए।
उनकाअनुसार यो आन्दोलन युनियनको नेतृत्त्वमा नभई बैंकका कर्मचारीहरुले स्वस्फुर्त रुपमा गरेका हुन्। बैंकका कर्मचारीहरुले निधारमा कालो पट्टि बानेर तथा आन्दोलन गर्नुको कारण ब्यानरमा लेखेर आन्दोलन गरेका छन्।
बैंकका कर्मचारीहरुले आफ्नै कर्मचारी युनियनको ब्यानरमा 'योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? ' भन्ने सवालहरु राखी निधारमा कालो पट्टी बाँधी आ–आफ्नो बैंकको प्राङ्गण अगाडि बिरोध गरेका हुन् ।
कोष विरुद्दको मुद्दा अदालतमा विचाराधीन छ । कोष विरुद्द बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियनका अध्यक्षहरु र कर्मचारीहरु समेत गरि ६५ जनाले संयुक्त रुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटको अर्को सुनुवाई आगामी बिहिबारको लागि तोकिएको छ।