सामाजिक सुरक्षा कोष बिरुद्द बैंकका कर्मचारी सडकमा, दरबारमार्ग र न्युरोडमा संयुक्त धर्ना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2021 | 11:35:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोष बिरुद्द देशब्यापी रुपमा आन्दोलन रहेका बैंकका कर्मचारी आजदेखि सडकमा उत्रिएका छन्। आफुहरुले अगाडी सारेको १५ बुंदे मागलाई बेवास्ता गर्दै पेलेर अगाडी बढेकाले सामाजिक सुरक्षा बिरुद्द आजदेखि सडकमा उत्रिएको बआन्दोलित बैंकका कर्मचारीहरुले जनाएका छन्। 

बैंकका कर्मचारीहरुले आफ्नो केन्द्रिय कार्यलयदेखि दरबार मार्गसम्म सडक र्याली गरेर आजदेखि सामाजिक सुरक्षा कोष बिरुद्दको आन्दोलनको स्वरूप बदलेका हुन्। 

हिजोसम्म आफु कार्यरत कार्यलयको अगाडी निधारमा कालोपट्टि बाँधेर तथा बिरोधको कारण लेखिएका ब्यानर देखाएर आन्दोलन गरिरहेका बैंकका कर्मचारीहरु आजदेखि सडकमा नै उत्रिएका हुन्।

आजदेखि सुरु भएको फरक शैलीको आन्दोलनमा यस अगाडी सहभागी भएका सबै बैंकहरु सहभागी भएका छन्। 

माछापुछ्रे बैंक, सिद्दार्थ बैंक, कुमारी बैक, बैंक अफ काठमान्डु, नेपाल बंगालदेश बैंक लगायतका बैंकका कर्मचारीहरुले आफ्नो केन्द्रिय कार्यलयदेखि दरबारमार्गसम्म सडक र्याली गरेका छन्। 

कुमारी बैंकले शाखा प्रमुख सहित सबै कर्मचारीलाई सडकमा उतारेको छ भने अन्य बैंकका कर्मचारीहरु पनि सडकमा आन्दोलनका लागि आएका छन्। बैंकका कर्मचारीहरुले दरबारमार्ग र न्युरोडमा संयुक्त आन्दोलन समेत गरेका छन्।  

यो पनि:
जिफन्ट माथि सत्ताको गुलामी गरेको आरोप, सासु बिरुद्दको आन्दोलनलाई कमजोर नबनाउन सुझाव
ब्याक अफ एसएसएफ भन्दै एनसिसि बैंकका कर्मचारी आन्दोलनमा (भिडियो सहित)
सामाजिक सुरक्षा कोषले नै दिएन मृतकको परिवारलाई क्षतिपूर्ति, न्यायको खोजीमा पीडित


बैंकका कर्मचारीहरुले आफ्नै कर्मचारी युनियनको ब्यानरमा 'योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? ' भन्ने सवालहरु राखी निधारमा कालो पट्टी बाँधी आ–आफ्नो बैंकको प्राङ्गण अगाडि बिरोध गरेका हुन्।

बैंकिङ सेवा अति आवश्यक सेवा भित्र पर्ने कुरालाई मध्यनजर गर्दै बैंकका कर्मचारीहरुले कार्यालय खुल्नु अगाडी बिहान ९ बजेर ३० मिनेट देखि ९ बजेर ४५ मिनेटसम्म निधारमा कालो पट्टि बाँधेर आन्दोलन गरेका हुन्। 

सामाजिक सुरक्षा कोष बिरुद्द आन्दोलित बैंकका कर्मचारीहरुको कर्मचारी युनियन र युनियनको नेतृत्त्व गरिरहेको नेपाल वित्तीय सँस्था कर्मचारी संघ फियुन हरुको बिषय अदालतमा पुगिसकेकाले बैंकका कर्मचारीहरुले स्वस्फुर्त रुपमा कोष बिरुद्द आन्दोलन गरेका हुन्। 

बैंक, बित्त, बीमा तथा सहकारीका कर्मचारीहरुले बिभिन्न १५ बुंदे माग राखेर सामाजिक सुरक्षा कोष बिरुद्द आन्दोलन सुरु गरेका हुन्। आफुहरुको माग सम्बोधन गर्नुको साट्टो उल्टै पेलेर जाने रणनीति अख्तियार गरेकाले कोष बिरुद्द आफुहरु आन्दोलनमा जान बाध्य भएको कर्मचारीहरुको भनाई छ। 

बैंकका कर्मचारीहरुले आफुहरुले खाईपाई आएको सेवा सुविधाको कटौती नहुने कुराको ग्यारेन्टी ऐन मार्फत नै हुनुपर्ने, संचय कोष बापतको पैसा एकमुष्ट फिर्ता पाउनुपर्ने, आफुले जम्मा गरेको पैसा फिर्ता पाउनलाई अहिले बिध्यमान व्यवस्था संसोधन हुनुपर्ने, पेन्सन, उपचार तथा बीमाको व्यवस्थालाई संसोधन गर्नुपर्ने लगायतका मागहरु राखेका छन्।

आफुहरुको माग सम्बोधन गर्नुको साट्टो झनै पेलेर जाने संदेश दिंदै सामाजिक सुरक्षा कोषले २०७८ असार मसान्त भित्र अनिवार्य रुपमा कोषमा दर्ता हुनलाई निर्देशन दिएपछि बैंकका कर्मचारीहरुले अदालत गुहारेका हुन्। 

सामाजिक सुरक्षा कोष बिरुद्द अदालतमा दायर रिट उपर अदालतले अन्तरिम आदेशको साट्टो दुवै पक्षलाई बहसका लागि बोलाएपछि बैंकका कर्मचारीहरुको आन्दोलन चर्किएको हो। 

नेकपा एमाले आबद्द नेपाल ट्रेड युनियन महासंघ (​जिफन्ट) ले आफुहरुलाई पनि बहसमा सामेल गर्नलाई निबेदन दिएपछि अदालतले दुवै पक्षलाई बहसको लागि बोलाएको बिजपाटीको जानकारीमा आएको छ। मजदुरको हकहित बिर्सेर सत्तासँग मिलेर सामाजिक सुरक्षा कोष बिरुद्दको आन्दोलनलाई असहयोग गरेको जिफन्ट माथि आरोप छ।    

कोष विरुद्दको मुद्दा अदालतमा विचाराधीन छ । कोष विरुद्द बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियनका अध्यक्षहरु र कर्मचारीहरु समेत गरि ६५ जनाले संयुक्त रुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटको अर्को सुनुवाई आगामी बिहिबारको लागि तोकिएको छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved