सामाजिक सुरक्षा कोषले खाइदिने डरले सञ्चय कोषबाट पैसा झिक्ने बढे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2021 | 03:48:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोषले आफ्नो बचत खाइदिने डरले कर्मचारी संचय कोषमा जम्मा भएको पैसा झिक्नेको सङ्ख्या बढेको छ। कोषमा दर्ता हुनुपर्ने समय अर्थात २०७८ असार मसान्त नजिकिदै गर्दा संचय कोषबाट पैसा झिक्नेको सङ्ख्या बढेको हो। 

आफुहरुले बर्षौंदेखि जम्मा गर्दै आएको पैसा सामाजिक सुरक्षा कोषले लैजाने डरले अधिकांश बैंक वित्त बीमा तथा संगठित निजि क्षेत्रका कर्मचारीहरुले संचय कोषबाट पैसा झिक्ने क्रम बढेको हो। 

अरु बेला भन्दा अहिले संचय कोषमा जम्मा भएको पैसा झिक्ने र भएको बचतबाट ऋण लिने क्रम बढेको कोषका कर्मचारी संचय कोषका प्रवक्ता बिजय कुमार श्रेष्ठले बिजपाटीलाई बताए। 

उनकाअनुसार औषतमा दैनिक १३ करोड रुपैयाँ जति संचय कोषबाट झिकिएको छ भने यो बेला आफ्नो बचतबाट ऋण लिनेको संख्या पनि बढेको छ। यो तथ्याक बिगतको तुलनामा केहि बढी नै हो। 

बिगतका बर्षहरुमा दशैं तिहार जस्ता चाडपर्वमा संचय कोषमा जम्मा पैसा झिक्ने र जम्मा भएको रकमको ८० प्रतिशतसम्म ऋण लिने चलन भएपनि यो बर्ष यो आर्थिक बर्षको अन्तिममा संख्या बढेको हो। 

आफुहरुले बर्षौंदेखि जम्मा गर्दै आएको बचत सामाजिक सुरक्षा कोषले लैजाने र एकमुष्ट फिर्ता नपाइने, आफ्नो बचतलाई १६० ले भाग गरेर पेन्सनको रुपमा दिईने तर सावाँ कहिल्यै पनि फिर्ता नहुने, पेन्सन पाउन पनि ६० बर्ष कुर्नुपर्ने लगायतका कानुनी व्यवस्थाका कारण बैंक वित्त लगायतका संगठित सँस्थाहरुका कार्यरत कर्मचारीहरुले संचय कोषमा जम्मा भएको आफ्नो पैसा अहिले नै झिक्नलाई हतार गरेका हुन्।

यो पनि:
जिफन्ट माथि सत्ताको गुलामी गरेको आरोप, सासु बिरुद्दको आन्दोलनलाई कमजोर नबनाउन सुझाव
ब्याक अफ एसएसएफ भन्दै एनसिसि बैंकका कर्मचारी आन्दोलनमा (भिडियो सहित)
सामाजिक सुरक्षा कोषले नै दिएन मृतकको परिवारलाई क्षतिपूर्ति, न्यायको खोजीमा पीडित


बैक वित्त लगायतका संगठित सँस्थाका संचयकर्ताले मिलेसम्म जम्मा भएको सबै पैसा झिकिरहेका छन् भने नमिलेको अवस्थामा जम्मा भएको रकमको ८० प्रतिशत ऋण लिएका छन्। भोलिका दिनमा कोषमा जाँदा पनि आफ्नो २० प्रतिशत रकम मात्र जोखिममा पर्ने आंकलन गर्दै संचयकर्ताले अहिलेनै ८० प्रतिशत ऋण लिएका हुन्।  

आन्दोलन असफल भयो र भोलिका दिनमा सामाजिक सुरक्षा कोषमा जान बाध्य पारियो भने अहिलेसम्म जम्मा भएको पैसा कोषमा जाने डरले बैंक वित्त तथा बीमा र संगठित सँस्थाका कर्मचारीहरुले आफ्नो बचत झिक्न थालेका हुन्।  

संचय कोषमा आधारभूत तलबको २० प्रतिशत जम्मा हुन्छ, जसमा रोजगारदर्ताले आधारभुत तलबको १० प्रतिशत र कर्मचारीले १० प्रतिशत जम्मा गर्दछन।  यसरी जम्मा भएको ८० प्रतिशत रकमसम्म ऋण बापत झिक्न पाइन्छ भने जम्मा रकम अवकास हुँदा झिक्न पाइन्छ।  

१५ बुंदे माग राख्दै आन्दोलनमा रहेका बैंक, बित्त, बीमा र सहकारीका कर्मचारीहरुको छाता संगठन नेपाल वित्तीय सँस्था कर्मचारी संघले दिएको रिटमा निर्णय गर्दै सरकार र उनीहरुलाई यहि बिहिबार असार ३१ गते बहसको लागि अदालतले बोलाएको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved