सामाजिक सुरक्षा कोष विरुद्द बैंकका कर्मचारीको सडक आन्दोलन (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2021 | 02:08:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोष बिरुद्द देशब्यापी रुपमा आन्दोलनमा रहेका बैंकका कर्मचारीहरुले मुख्य सडक मै आएर आन्दोलन थालेका छन् । यस अघि कार्यलयमा कालो पट्टी बाधेर तथा कार्यालय परिसर मै र्याली गरेका बैंकका कर्मचारीहरुले मुख्य सडक मै आएर आन्दोलन थालेका हुन् । 

 आफुहरुले अगाडी सारेको १५ बुंदे मागलाई बेवास्ता गर्दै पेलेर अगाडी बढेकाले सामाजिक सुरक्षा बिरुद्द सडकमा उत्रिएको आन्दोलित बैंकका कर्मचारीहरुले जनाएका छन्। बैंकका कर्मचारीहरुले आफ्नो केन्द्रिय कार्यलयदेखि दरबार मार्गसम्म सडक र्याली गरेर सामाजिक सुरक्षा कोष बिरुद्दको आन्दोलनको स्वरूप बदलेका हुन्। 

 माछापुछ्रे बैंक, सिद्दार्थ बैंक, कुमारी बैक, बैंक अफ काठमान्डु, नेपाल बंगालदेश बैंक लगायतका बैंकका कर्मचारीहरुले आफ्नो केन्द्रिय कार्यलयदेखि दरबारमार्गसम्म सडक र्याली गरेका हुन्। 

यो पनि:
जिफन्ट माथि सत्ताको गुलामी गरेको आरोप, सासु बिरुद्दको आन्दोलनलाई कमजोर नबनाउन सुझाव
ब्याक अफ एसएसएफ भन्दै एनसिसि बैंकका कर्मचारी आन्दोलनमा (भिडियो सहित)
सामाजिक सुरक्षा कोषले नै दिएन मृतकको परिवारलाई क्षतिपूर्ति, न्यायको खोजीमा पीडित


मफ्नो माग पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बैंकका कर्मचारीहरुले बताएका छन् । 

हेर्नुस फोटो फिचर: 















Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved