यूएईले हटायो यात्रा प्रतिबन्ध, नेपाली कामदार जान पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2021 | 08:41:05 AM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त अरब इमिरेट्स (यूएई) कोरोनाका कारण ६ देशका यात्रु माथिको यात्रा प्रतिबन्ध हटाएको छ । यूएईले नेपाल र भारतसहित छ देशका यात्रुमाथिको यात्रा प्रतिबन्ध हटाएको हो ।

यात्रा प्रतिबन्ध हटाइएका छ मुलुकमा नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डा रहेका छन् ।

यूएईको नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथोरिटीले ट्वीटरमार्फत सन्देश जारी गर्दै यात्रा प्रतिबन्ध फुकुवा भएको जनाएको हो । कोभिड–१९ विरुद्दको खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि अब यूएईमा यात्रा गर्न सक्ने छन् । तर उनीहरूले खोपको दोस्रो डा्ज लगाएको १४ दिन भईसकेको हुनुपर्नेछ ।

बिहीबारदेखि नेपाली कामदार पनि यूएई जान पाउने भएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved