काम गर्न विदेश जानेले २ सय डलर मात्र साट्न पाउने, कोरियाको लागि विशेष ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 05:12:44 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीको लागि विदेश जानेले २०० डलर मात्र साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज सोमबार निर्देशन जारी गर्दै नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम  २०० डलरसम्म मात्र सटही सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो।

तर, वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली प्रतिबद्ध कामदारहरु (Special Re-entry Employees) का लागि कोभिड-१९ का कारण स्वारेन्टिन खर्चबापत सो व्यहोरा खुल्ने वैदेशिक रोजगार विभागको सिफारिस पत्र समेतको आधारमा थप अधिकतम  १,५०० डलरसम्म सटही सुविधा विद्युतीय कार्डको माध्यमबाट उपलब्ध गराउन सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved