भिजिट भिसामा खाडी मुलुक तथा मलेसिया जान रोक, यस्तो छ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2022 | 09:02:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ। बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै गृह मन्त्रालयले भिजिट भिसामा रोक लगाउने निर्णय गरेको हो।   

कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भन्दै गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए।  

गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तीमा जारी गरेर बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको हो ।

‘कोभिड–१९’को ओमिक्रोण भेरियन्टको संक्रमण स्वादेश तथा विदेशमा तीब्र रुपमा फैलिदै गइरहेको हुँदा विभिन्न उदेश्यले खाडी राष्ट्रहरु र मलेसियामा गई विचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचनाहरु प्राप्त भएकोले मिति २०७८ माघ १० गतेदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रहरुको भिजिट भिसामा भ्रमण जान रोक लगाइएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’ विज्ञप्तीमा भनिएको छ।  

हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved