वैदेशिक रोजगारको क्षेत्रमा शेषनारायणको सुधारः अब अनलाइनबाट मात्रै श्रम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2022 | 12:25:23 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभागले आजबाट अनलाइन माध्यमबाट मात्रै संस्थागत श्रम स्वीकृति जारी गर्न सुरु गरेको छ । विभागले आज बैशाख २ गतेबाट पूर्णरूपमा अनलाइनबाट मात्रै संस्थागत श्रम स्वीकृति जारी गर्न सुरु गरेको हो । 

विभागका महानिर्देशक शेषनारायण पौडेलले श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण का अनलाइन प्रणालीमा लगिएको र अब संस्थागत श्रम स्वीकृतिको काम पूर्णरुपमा अनलाइन माध्यमबाट मात्रै हुने जानकारी दिएका छन् । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएपछि भिड हटेको छ । 

विभागले गत माघ २ गतेदेखि नै अनलाइनबाट पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ । श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट उपलब्ध गराउँदै आएपछि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय सुनसान बनेको छ । 

विभागले पहिलो आउने सेवाग्राहीको अनलाइन आवेदनलाई पहिलो सेवा दिने आधारमा सिस्टम बनाएको छ । विभागले कम्तिमा ३ दिन अगाडि श्रम स्वीकृतिका लागि अनलाइनबाट निवेदन दिन भनेको छ ।

विभिन्न कार्यालयमा सुधार गर्दै प्रविधिमैत्री निजामती सेवाको अभियान्ताका रुपमा रहेका शेषनारायण पौडेल प्रशासन सुधारक प्रशासकका रुपमा चिनिन्छन् । उनलाई नयाँ वर्षको दिन हिजो मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रवल जनसेवा श्री तृतीय श्रेणी’बाट विभूषित गरेकी छिन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved