दुई बर्ष पछि ९ हजार नेपाली कोरिया जाँदैँ, जेठ २६ वाट परिक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2022 | 11:17:14 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई बर्ष देखी स्थगित भएको कोरियन भाषाको परिक्षा १९ जेठ देखी –३ असारमासम्म सञ्चालन हुने भएको छ । स्थानिय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ २६ गतेवाट सुचारु गर्न लागिएको हो ।

२६ बैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएका भएपनि स्थानिय तह निर्वाचनक कारण स्थगित भएको परिक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन्।

बैदेशिक रोजगार बिभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परिक्षार्थीलाई परिक्षा दिन मिल्ने गरी बिभागले तयारी गरिरहेको छ । 

कोरियन भाषा परिक्षामा उर्तिणहरु मध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरुलाई यसै बर्ष दक्षिण कोरिया पठाउने गरी परिक्षा लिन लागिएको हो । बैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दा बढीले आवेदन दिएको बिभागले जनाएको छ ।  

हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन भने पछिल्ला दुई बर्षमा विश्वब्यापारी महामारी कोरोना संक्रमणका कारण परिक्षा हुन नसके पनि सन २०२२ मा भने नेपालीलाई लान कोरिया मञ्जुर देखिए पछि परिक्षा सुरु गर्न लागिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved