बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि 'संचित लगानी कोष' स्थापना गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 05:09:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि 'संचित लगानी कोष' स्थापना गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

उनका अनुसार कोषमा सहभागी हुनेहरुलाई समान रुपमा प्रतिफल दिनेगरि संचित लगानी कोष खोल्ने व्यवस्था गरिएको हो। यसले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई उनीहरुको आम्दानि संचित गर्नलाई सघाउनेछ। 

यतिमात्र नभई सरकारले बैदेशिक रोजगारीबाट नेपाल फर्केर केहि उद्योग व्यवसाय गर्न चाहनेहरुलाई सहुलियतपूर्ण कर्जाको समेत व्यवस्था गरिने अर्थमन्त्री शर्माले जानकारी दिएका छन्। 

त्यस्तै बैदेशिक रोजगारीबाट फर्केकालाई सिप तथा तालिम प्रदान गर्नका लागि प्रत्येक स्थानीय स्थानीय तहमा 'बहूउदेश्य तालिम केन्द्र' को स्थापना गरिने उनले जानकारी दिए।  

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved